शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्छः सांसद केसी

आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्छः सांसद केसी

बैशाख २८, २०८२ आइतवार
बैशाख २८, २०८२ आइतवार
  • आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्छः सांसद केसी

    सत्ता साझेदार नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद अर्जुननरसिंह केसी केसीले विश्व शान्ति र स्थिरताका लागि आतंकवादविरुद्धको नीतिलाई समर्थन गर्नुपर्ने बताएका छन् ।

    आज (आइतबार) को प्रतिनिधिसभा बैठकको शून्य समयमा कांग्रेस सांसद केसीले भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको इमान्दारीपूर्वक कार्यान्वयनमार्फत आतंकको कालो बादल समाप्त गर्नुपर्ने बताएका हुन् ।

    ‘क्षेत्रीय शान्ति र स्थिरताका लागि आतंकवादको समाप्ति नै प्रथम आवश्यकता हो । आतंकवादविरुद्ध विश्व जनमत बलियो रूपमा एकजुट रहेको र आतंकवाद विश्व शान्तिका निम्ति प्रमुख खतरा रहेको अवस्थामा कुनै पनि प्रकारका आतंवकादविरुद्ध दृढतापूर्वक कठोर नीतिलाई सहयोग र समर्थन गर्नु विश्व शान्ति र क्षेत्रीय स्थिरताका लागि हामी सबको कर्तव्य र दायित्व हो,’ केसीले भने ।

    रास्वपाका अशिम शाहलगायत सांसदले पनि भारत र पाकिस्तानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार