शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः चित्रबहादुर केसी

गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः चित्रबहादुर केसी

बैशाख २६, २०८२ शुक्रवार
बैशाख २६, २०८२ शुक्रवार
  • गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैनः चित्रबहादुर केसी

    राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्रको विकल्प राजतन्त्र नभएको बताएका छन्। उनले राजनीतिक दलहरु सच्चिएर जनताकहाँ पुग्नुपर्ने उल्लेख गर्दै नेपालमा गणतन्त्र निर्विकल्प भएको बताए ।

    ‘प्रतिगामी खतराविरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ नाराका साथ राष्ट्रिय जनमोर्चा बागलुङले आज बागलुङ बजारमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष  केसीले लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि सबै राजनीतिक दल एकताबद्ध हुन आवश्यक रहेको बताए । उनले नेपालका पार्टीका आ–आफ्नै विचार तथा सिद्धान्त भए पनि राष्ट्रियता नै जोखिममा पर्दा एकजुट हुन आवश्यक रहेको बताए । 

    “सबै मिलेर पञ्चायत फालियो, राजतन्त्र फालियो, अहिले गणतन्त्रका विषयमा राजावादीले भ्रम सृजना गरे, एकपटक लोकतन्त्र र गणतन्त्रका लागि सबै राजनीतिक दल एकजुट बनौँ”, अध्यक्ष केसीले भने, “राजावादीको तीनकुने आन्दोलन अराजकताको पराकाष्टा हो, न्यायिक छानबिन हुनुपर्छ, राजावादीहरु सल्बलाउन थाले, सबै दल मिलेर लोकतन्त्रका पक्षमा जुटौँ ।” 

    सङ्घीयता खर्चिलो भएको उल्लेख गर्दै अध्यक्ष केसीले यसलाई नेपालको अर्थतन्त्रले नथेग्ने बताए । उनले लोकतन्त्र र गणतन्त्र आएकै कारण बोल्न पाइएको स्मरण गर्दै राजतन्त्र फर्काउने कुरा सम्भव नभएको बताउनुभयो । अध्यक्ष केसीले लोकतन्त्र र गणतन्त्र रहेमा मात्रै जनताले आवाज उठाउनसक्ने बताए ।   

    “नेता मात्रै हैन जनतासमेत सचेत हुन आवश्यक छ, भ्रष्टचार मौलाएका कारण विकास भएन, जनताले सही जनप्रतिनिधि चुन्न सकेनन्”, अध्यक्ष केसीले भने ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार