शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारत–पाकिस्तान द्वन्द्व: नेपाल आतंकवादको विरुद्धमा

भारत–पाकिस्तान द्वन्द्व: नेपाल आतंकवादको विरुद्धमा

बैशाख २५, २०८२ बिहिवार
बैशाख २५, २०८२ बिहिवार
  • भारत–पाकिस्तान द्वन्द्व: नेपाल आतंकवादको विरुद्धमा

    भारत–पाकिस्तानबीच देखिएको द्वन्द्वका बारेमा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपाल स्पष्टरुपमा बर्बर आतंकवादको विरुद्धमा रहेको स्पष्ट पारेको छ ।

    बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर ‘आतंकवाद विरुद्धको लडाईंमा नेपाल सधैं सबैको साथमा उभिएको’ स्पष्ट पारेको हो । छिमेकी देशहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने प्रतिबद्धता दोहोर्‍याएको नेपालले यस क्षेत्रको शान्तिको निम्ति दुवै देशलाई अपिल गरेको छ ।

    पहलगाममा एक नेपालीसहित २६ जना भारतीयको हत्यापछि भारतले पाकिस्तानमाथि हवाई आक्रमण गरेको थियो । नेपालले दुई छिमेकीबीचमा देखिएको तनाव अन्त्य गरेर शान्ति र स्थिरता कायम हुनेमा विश्वास व्यक्त गरेको छ ।

    ‘२२ अप्रिल २०२५ मा भारतको पहलगाममा निर्दोष पर्यटकहरूमाथि भएको आतंकवादी आक्रमणपछि नेपाल सरकार भारत र पाकिस्तानबीच बढ्दो तनाव प्रति गहिरो चिन्तित छ । यस आक्रमणमा एक नेपाली नागरिकले पनि आफ्नो अमूल्य जीवन गुमाएका थिए,’ परराष्ट्रले भनेको छ, ‘यस दुःखद समयमा नेपाल र भारत साझा शोक र पीडामा एकताबद्ध भएर उभिएका थिए । नेपालले सबै प्रकारका आतंकवादविरुद्धको दृढ अडान अनुरूप बर्बर आतंकवादी आक्रमणको तुरुन्तै र स्पष्ट रूपमा निन्दा गरेको थियो ।’

    परराष्ट्रले दुई छिमेकी देशबीच बढ्दो तनाव कम हुने र यस क्षेत्रमा शान्ति बहाल रहनेमा आशावादी रहेको जनाएको छ । भारतले पाकिस्तानमा गरेको मिसाइल आक्रमणबारे स्पष्ट उल्लेख नगरे पनि नेपाल सरकारले घटनाको झन्डै दुई दिनपछि आफ्नो धारणा दिएको हो ।  

    press-Release.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार