नेपाली बजारमा आज बुधबार छापावाल सुनको मूल्य १७ सय रूपैयाँले बढेको छ ।
मंगलबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ९ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ७ सय रूपैयाँले बढेर १ लाख ९१ हजार ६ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। महासङ्घका अनुसार आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्