शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भारतले किन गर्‍यो आक्रमण? पाकिस्ताने के भन्यो ?

भारतले किन गर्‍यो आक्रमण? पाकिस्ताने के भन्यो ?

बैशाख २४, २०८२ बुधवार
बैशाख २४, २०८२ बुधवार
  • भारतले किन गर्‍यो आक्रमण? पाकिस्ताने के भन्यो ?

    भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका विभिन्न स्थानमा बुधबार बिहान हवाई आक्रमण गरेको छ । पाकिस्तानले आक्रमणबाट ८ जनाको ज्यानको जानुका साथै ३५ जना घाइते भएको जनाएको छ । अबको केही घण्टामा नै पाकिस्तानको उच्च स्तरीय संयन्त्रको बैठक बस्ने बताइएको छ ।

    भारतको रक्षा मन्त्रालयका अनुसार 'अपरेशन सिन्दूर' नाम दिइएको उक्त कारबाही एप्रिल २२ मा २५ जना भारतीय र एक नेपाली नागरिक मारिएको घटनाका जिम्मेवारहरूलाई "जबाफदेह" बनाउने "प्रतिबद्धता"को हिस्सा हो।  भारतले आक्रमण गरेपछि पाकिस्तानी सञ्चारमाध्यम र पाकिस्तानी सरकारबाट तीन फरक–फरक प्रतिक्रिया सार्वजनिक भएका छन् ।

    पहिलो– पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले जियो टिभीसँगको कुराकानीमा भारतले उसकै सीमाबाट आक्रमण गरेको बताए । ‘भारतले आफ्नो हवाई सीमाबाट पाकिस्तानमाथि क्षेप्यास्त्र आक्रमण गरेको छ, जुन सिधै नागरिक क्षेत्रहरूमा खसेका छन्’, उनले भने ।

    दोस्रो– आक्रमणका क्रममा पाकिस्तानी सेनाले ५ वटा भारतीय लडाकु विमानहरू खसालेका पाकिस्तानी सञ्चारमाध्यमहरूले दाबी गरेका छन् । मस्जिदहरूलाई पनि निशाना बनाइएको समाचारमा दाबी गरिएको छ । पाकिस्तानले एलओसी नजिकैका भारतीय चेकपोस्टहरू ध्वस्त पारेको समाचारमा जनाइएको छ ।

    तेस्रो– भारतको हवाई आक्रमणपछि पाकिस्तानले स्थान र मृतकको सङ्ख्याबारे विभिन्न दाबीहरू गरेको छ । सुरूमा राति २ बजे पाँच ठाउँमा आक्रमण भएको थियो, जहाँ ३ जनाको मृत्यु भएको उल्लेख गरिएको छ । त्यसको तीन घण्टापछि बिहान ५ बजे इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) का निर्देशक अहमद शरीफ चौधरीले भारतको हवाई आक्रमणमा ८ जना नागरिक मारिएको बताए । उनले ३५ जना घाइते भएको पनि जनाएका छन् ।

    उनका अनुसार भारतले ६ फरक–फरक स्थानहरूमा २४ वटा मिसाइल प्रहार गरेको छ । पीओके र पाकिस्तानका बस्तीहरूलाई लक्षित गरिएको उनको दाबी थियो । 

    भारतले कहाँ आक्रमण गरेको हो?
    दिल्लीका अनुसार बुधवार सबेरै पाकिस्तान तथा पाकिस्तान प्रशासित कश्मीर क्षेत्रमा नौवटा भिन्न स्थानमा हमला गरिएको छ। ती स्थानमा "आतङ्कवादी संरचनाहरू" भएका र त्यहाँबाट भारतविरुद्धका हमला "नियोजित र निर्देशित" भएको उसको दाबी छ।

    उसले पाकिस्तानी सेनाको कुनै संरचनामा प्रहार नगरिएको जोड दिँदै आफ्नो कारबाही "केन्द्रित, अनुपातपूर्ण अनि थप आक्रमण नउक्साउने गरी" भएको जनाएको छ।पाकिस्तानका अनुसार तीन भिन्नाभिन्नै ठाउँहरूमा प्रहार भएको छ : पाकिस्तान प्रशासित कश्मीरको मुजफ्फराबाद र कोट्ली अनि बाहवालपुर।

    पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले जियो टिभीसँग कुरा गर्दै ती हमलाले गैरसैनिक इलाकामा प्रहार भएको बताएका छन्। उनका अनुसार भारतले "आतङ्कवादीका शिविरलाई लक्षित गरिएको" भनेर झुटो बोलेको हो। 

    भारतले किन गर्‍यो आक्रमण?
    पहलगाममा एप्रिल २२ मा भएको आतङ्ककारी आक्रमणपश्चात् दक्षिण एशियाका यी दुई परमाणुशक्तिसम्पन्न देश भारत र पाकिस्तानबीच तनाव चर्किएको थियो। उक्त हमला गैरसैनिकविरुद्ध लक्षित दुई दशकयताकै सबभन्दा खराब हमला थियो जसमा हिन्दू पुरुषहरूलाई छानीछानी मारिएको थियो। त्यसले भारतभरि आक्रोश पैदा भएको थियो।

    प्रधानमन्त्री नरेन्द्र मोदीले "पृथ्वीको जुनसुकै कुनासम्म" पुगेर भएपनि सन्दिग्ध आक्रमणकारी तथा तिनका योजनाकारलाई खोजिने अनि "तिनको कल्पनाभन्दा कडा सजाय दिइ" चेतावनी दिएका थिए। तर भारतले पहलगाम आक्रमण गराउने उसले शङ्का गरेको समूहको नाम दिएको छैन।

    Operation-Sindoor.jpg

    तर भारतीय प्रहरीले पहलगाममा हमला गर्नेमध्ये दुई पाकिस्तानी नागरिक भएको बताएको छ। दिल्लीले आतङ्ककारीहरूलाई सरसहयोग गरेको आरोप पाकिस्तानमाथि लगाएको छ। पाकिस्तानले ती आरोप अस्वीकार गरेको छ। पहलगाम घटना यता दुवै पक्षद्वारा एकअर्काविरुद्ध विभिन्न कदम चालिएका छन् – कूटनीतिज्ञहरूलाई निकाला गर्ने, भिसा निलम्बन गर्ने तथा सिमाना बन्द गर्ने।

    तर धेरैले सीमा वारपार सैन्य कारबाही हुने अपेक्षा पनि गरेका थिए। सन् २०१९ मा पुलवामा मा ४० जना भारतीय अर्धसैनिकहरू मारिएपछि भारतले त्यस्तै आक्रमण गरेको थियो। 

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार