शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति होः सांसद सिंह

नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति होः सांसद सिंह

बैशाख २३, २०८२ मंगलवार
बैशाख २३, २०८२ मंगलवार
  • नेपाल गरिब हुनको कारण असन्तुलित पराराष्ट्र नीति होः सांसद सिंह

    स्वतन्त्र सांसद अमरेश कुमार सिंहले आज नेपाल गरिबी र पछौटेपनको कारण असन्तुलित पराराष्ट्र नीति नै भएको बताएका छन् । आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउँछ भन्दै प्रश्न गरेका हुन् ।

    उनले भने, ‘हाम्रो असन्तुलित पराष्ट्रनीतिले नेपाललाई कहाँ पुर्याउँछ, नेपाली जनतालाई कहाँ पुर्याउला ? आज नेपाल गरिबी र पछौटेपनको कारण एउटा हाम्रो  असन्तुलित पराराष्ट्र नीति हो ।’

    साथै, उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए । उनले जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे ।

    उनले भने, ‘अहिले भारत र पाकिस्तानको बीचमा तनाव छ । कुनै बेला पनि युद्ध हुन सक्छ । त्यस्तो बेलामा नेपाल सरकारले ११ जना पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएको छ । नेपाल सरकारले के  सन्देश दिन खोजेको हो ? त्यो पाकिस्तानी आर्मीको डेलीगेसन कतार एयरवेजको फ्लाइट नम्बर ६४६ बाट आएको छ । यसरी हामीले युद्ध हुने समय कसै एकको पक्ष लिन मिल्छ ?’ 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार