शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकार जनताको होइन, पूँजीपतिहरुको पक्षमा छः झलनाथ खनाल

सरकार जनताको होइन, पूँजीपतिहरुको पक्षमा छः झलनाथ खनाल

बैशाख २०, २०८२ शनिवार
बैशाख २०, २०८२ शनिवार
  • सरकार जनताको होइन, पूँजीपतिहरुको पक्षमा छः झलनाथ खनाल

    पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा दलाल पूँजीवादी पार्टीहरु रहेकाले जनताको हितमा नीति तथा कार्यक्रम नबनेको बताएका छन् ।  नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले  जनताको समस्या समाधान नगर्ने बताएका हुन् । 

    ‘अहिले दुई वटा पार्टीको सरकार छ एउटा पार्टी दलाल पूँजीवादी पार्टी हो । त्यो पार्टीले जनताको समस्या समाधान गर्ला भनेर आम जनताले सोचेकै छैन । किनभने त्यो समस्या समाधान गर्ने उनीहरुसँग नीति पनि छैन, कार्यक्रम पनि छैन । हिजो पनि छैन, आज पनि छैन । अहिले बजेट आयो त्यहाँ पनि छैन । यो बजेट त नेपाली कांग्रेको मात्र त हैन, सरकारमा ७ वटा पार्टी छन् । दोस्रो ठुलो पार्टी नेकपा एमालेले पनि ल्याएको नीति कार्यक्रम हो तर यो नीति कार्यक्रममा कांग्रेसको नीति र कार्यक्रम भन्दा भिन्न केही छैन । यो दुःखद् कुरा हो,’ उनले भने ।

    नेता खनालले सरकारमा भएको पार्टीले ल्याएको नीति कार्यक्रमबाट आफूहरु फरक बाटो हिड्नुपर्नेमा स्पष्ट भएको पनि बताए । उनले भने,‘यो पार्टीले शोषण अन्यायमा परेका जनताहरुको समस्याहरु समाधान गर्न सक्दैन भन्ने कुरा हिजोको नीति तथा कार्यक्रमले प्रस्ट भयो । त्यसो हुनाले हामी फरक बाटो हिड्नुपर्छ भन्ने कुरामा हामी प्रस्ट भएका छौँ । पूँजीवादी संघीय गणतन्त्रले जनताका आधारभूत आवश्यकता पुरा गर्न सक्दैन । पूँजीवादी आफै शोषणको व्यवस्था हो।’

    उनले अहिलेको व्यवस्थासँग लडाइ गर्दै आफ्ना मागहरु पुरा गर्ने तर समस्या हल गर्छ भनेर आशा नगर्ने बताए । उनले समाजवादी व्यवस्था नआएसम्म आवश्यकता पुरा नहुने भन्दै समाजवाही क्रान्ति आजको आवश्यकता रहेको पनि बताए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार