शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मजदुरहरुको ताकतलाई कमजोर ठान्यो भने दुर्घटन हुन्छ, न्यूनतम पारिश्रमिक पाउने श्रमिकको संख्या तीन प्रतिशत पनि छैन्: लक्ष्मण वस्नेत

मजदुरहरुको ताकतलाई कमजोर ठान्यो भने दुर्घटन हुन्छ, न्यूनतम पारिश्रमिक पाउने श्रमिकको संख्या तीन प्रतिशत पनि छैन्: लक्ष्मण वस्नेत

बैशाख १८, २०८२ बिहिवार
बैशाख १८, २०८२ बिहिवार
  • मजदुरहरुको ताकतलाई कमजोर ठान्यो भने दुर्घटन हुन्छ, न्यूनतम पारिश्रमिक पाउने श्रमिकको संख्या तीन प्रतिशत पनि छैन्: लक्ष्मण वस्नेत

    नेपाली श्रमिकहरुको पक्षमा आवाज उठाउन थालेको तीन दशक नाघ्यो । म विदेशबाट फर्किएपछि बिराटनगरमा विद्यार्थी आन्दोलनमा सक्रिय सहभागी भए । त्यसबेला नेपाल विद्यार्थी संघ भन्ने त थिएन तर प्रजातान्त्रिक विचार राख्ने विद्यार्थीहरु संगठित थिए । सोही संगठनमा क्रियाशील भएको हुँ । ०३१ सालमा बनारस गएको बेला बीपी कोइरालासँग जोडिन पुगें । उहाँबाट नै प्रभावित भएर श्रमिकहरुका मुद्दामा क्रियाशील भएको हुँ । ०४३ सालमा गणेशमान सिंहले थाल्नुभएको अभियानमा पनि हामी सहभागी भयौं । त्यसपछि विस्तारै श्रमिकहरुको मुद्दामा आवाज उठाउन थालेका छौं ।

    राजनीतिमा क्रियाशील भएकै कारण मैंले विराटनगरको मेयरको जिम्मेवारी दिइयो । तर त्यो जिम्मेवारी विचैमा छाड्नुपर्यो । अन्य धेरैले त्यस्तो जिम्मेवारी त्यागे । त्यसबेला पनि श्रमिकहरुमा मुद्दा शसक्त रुपमा उठ्न थालेका थिए । हाल एउटा संगठन बनाउने, सांगठनिक अधिकार पाउनुपर्ने भनेर सामूहिक सौदाबाजी गर्ने अधिकार स्थापित भएको छ ।

    ०४६ पहिले नै सरकार र हामी मजदुरहरु बसेर कानुन बनाएको थियौं । त्यो भन्दा पहिला ०१५ सालमा बीपी कोइरालाले कानुन बनाएर मजदुरहरुको अधिकारका बारेमा काम गर्नु भएको थियो । त्यसबेला हाम्रो गाइडलाइन थियो । सोही आधारमा सेवा सर्तहरु निर्धारण हुने गर्थे । न्यूनतम पारिश्रमिक दिनुपर्छ, त्यसपछि उपचार दिनुपर्छ, दुर्घटना भयो भने के के गर्नुपर्छ भनेर सुरक्षाका लागि पनि कानुनी व्यवस्था भएको थियो ।

    हरेक पेसा अर्थात गीत गाउने छ भने उसको स्वरको सुरक्षा, पत्रकार भए उसको सुरक्षा साथै अन्य पेशा व्यवसाय छ भने सोही अनुसारको पेशागत सुरक्षाको व्यवस्था हुनुपर्छ भन्ने मान्यता छ । ०४८ सालदेखि श्रमिकका आधारभूत अधिकारका सवालमा सबैखाले नियम वा कानुनको बनाउँदै आएको छौं । ०७५ सालसम्म आइपुग्दा धेरै सुधार भइसकेको छ । 

    Photo (1).png

    हुनत सामाजिक सुरक्षाको मुद्दा विगतमा पनि उठ्ने गरेको थियो, त्यति धेरै थिएन । तर ०७५ पछि नयाँ श्रम ऐन आयो र सबै सिस्टम परिवर्तन भयो । पैसा जताबाट जता पनि जान थाल्यो, सामानहरु जता जान थाले । त्यसले गर्दा ट्याक्सहरु ग्लोबली फिक्स हुन थाल्यो । पछि सेक्सनहरु घटाउने र बढाउनेक्रम शुरु भयो । त्यसमा मजदुरको पनि सहभागिता चाहिन्छ भन्ने आवाज उठ्यो । त्यहाँ रहेका युनियनको पनि सहमति चाहिन्छ भनेर भनियो ।

    मजुदुरसँग डाटा हुँदैन तर तागत हुन्छ । हामी सबै मिल्यौं भने तागत निर्माण पनि हुन्छ । हिजोआज शिक्षकको तागत सडकमा देखिँदैछ । एउटा युनियन मात्रै होइन नेपालमा जतिपनि युनियन छन् उनीहरु संगठित भएभने ताकत देखिन्छ । शिक्षक महासंघमा भित्रपनि सबै युनियन आबद्ध भएका कारण उनीहरुको तागत देखियो । उनीहरुको ताकत कसैले पनि तोड्न सकेको छैन् । हो, मजदुर संगठित भएपनि शिक्षकहरुको जस्तै ताकत देखिन्छ ।

    हुनत ०४६ सालदेखि नै श्रमिकहरु दोहोरो ट्रयापमा परेका छन् । लोकतन्त्रलाई हामीले स्थापित गर्नु थियो जुन ०४६ सालमै आएको थियो । अर्कोतिर ग्लोबल मार्केटसँग प्रतिस्पर्धा गर्नु थियो । विश्व हामी भन्दा दुईसय वर्ष अगाडि गइसकेका छन् । इन्डिया नै हामी भन्दा धेरै वर्ष अगाडि छ । कम्तिमा पनि सय वर्ष अगाडि होला । श्रम ऐन ल्याएको नै २४ वर्ष भयो । ०५४ सालमा ल्याएको श्रम ऐन ०७४ मा मात्र मन्त्रिपरिषद्बाट पास भयो । गिरिजाप्रसाद कोइराला आफैं श्रमिक युनियनबाट आउनु भएको हो । त्यसैले श्रमिकका कुरा बुझ्नुहुनथ्यो ।

    तर करिब २५ वर्षमा जे उपलब्धि गरेका थियौं अहिले त्यो सबै खत्तम भयो । मैले ०४६ सालदेखि सुरु नै अधिकार संरक्षण गर्न र ऐन पालना गर्नुपर्छ भनेर आवाज उठाउँदै आएको हुँ । तर त्यसको प्रभाव ट्रेड युनियनमा देखिएन् । श्रम कार्यालयमा गएर साइन गरेको सम्झौता पत्र मात्र पुरा गर्नु भनेर भनेका थियौं ।

    नेपालका प्रत्येक श्रमिकले १७ हजार ३ सय रुपैयाँ पाउन थालेभने मात्रै अधिकार सुनिश्चित भयो भन्ने बुझ्नुपर्छ । तर तीन प्रतिशत श्रमिकले पनि तोकिएको तलब पाउदैँनन् । विश्वभर नै आठ घण्टा काम गराउने त्यो भन्दा बढि भए अतिरिक्त पैसा दिने सम्झौता छ । तर नेपालमा कार्यान्वयनको अवस्था दयनीय छ ।

    हाल ऐनका आधारमा १७ हजार ३ सय रुपैंयाँ न्यूनतम तलब सुविधा छ । तर तपाई गएर सोध्नुहोस कति प्रतिशतले न्यूनतम तलब पाएको छ भनेर । अधिकांशले पाएका छैनन् । श्रम ऐनमा संचयकोष वापत् १० प्रतिशत सामाजिक सुरक्षा दिनुपर्छ प्रत्येक महिना भनिएको छ । त्यो पाएको छ या छैन् तपाइहरुले गहिरो अध्ययन गर्नुपर्छ । ०४६ सालमा तलब २३२ बाट न्यूनतम तलब पाँच सय बनाएका थियौं, त्यसपछि आठ सय बनायौं र त्यसपछि बढाउदै बढाउदैँ १७ हजार ३ सय रुपैयाँ न्यूनतम तलब बनाएका हौं ।

    आज नेपालका प्रत्येक श्रमिकले १७ हजार ३ सय रुपैयाँ पाउन थालेभने मात्रै अधिकार सुनिश्चित भयो भन्ने बुझ्नुपर्छ । तर तीन प्रतिशत श्रमिकले पनि तोकिएको तलब पाउदैँनन् । विश्वभर नै आठ घण्टा काम गराउने त्यो भन्दा बढि भए अतिरिक्त पैसा दिने सम्झौता छ । विश्वभर समानता गर्नको लागि यस्तो सम्झौता गरिएको हो । तर नेपालमा कार्यान्वयनको अवस्था दयनीय छ ।

    बीपी कोइरालाको समाजवादका विषयमा प्रज्ञा भवनमा नाटक देखाइएको थियो । पछि हामीले पनि पहिले देखाएको नाटक उही मान्छेलाई ल्याएर देखाएको थियौं । यहाँबाट मान्छे पठाउछौ तर उताबाट बाकसमा आउछन् भन्ने कथा थियो । यसमा रोजगारी सिर्जना हुनुपर्छ भन्ने सन्देश थियो । यसको सार के हो भने संविधान अनुसार काम गरे रोजगारीको सिर्जना हुन्छ । नेपालमा रोजगारीको सिर्जना हुनसक्छ कि सक्दैन भनेर सांसदहरुलाई पनि सोध्न चाहन्छु ।

    मलाई लाग्छ नेपालमा तुरुन्तै ५० लाख रोजगारीको सिर्जना हुन सक्दैन । यहाँ धेरै बाध्यता छ । हामीले ६ महिनाको सामान बाहिरबाट ल्याएर स्टक राख्नुपर्छ । ६ महिनाको अतिरिक्त कर तिर्नुपर्छ । हाम्रो संविधान यति उत्कृष्ट छ कि यसलाई कार्यान्वयन नै गर्न सकेको छैन् ।०४२ सालको संविधानले मजदुर र किसानको प्रतिनिधि हुन्छ भनेको छ ।

    विभिन्न बहाना बनाएर काम गरिएको छैन् । काम गर्न नचाहनेहरुको अरु नै कारण छन् । तर संयुक्त ट्रेड युनियनकर्मीहरुले वहानालाई रोक्न र अधिकार कार्यान्वयन गर्न सरकारसँग दबाब सिर्जना गर्छ सक्छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार