शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षकका माग सम्बोधन गर्न सरकारलाई ८ अर्ब दायित्व थपिने, अर्थ मन्त्रालय सहमत

शिक्षकका माग सम्बोधन गर्न सरकारलाई ८ अर्ब दायित्व थपिने, अर्थ मन्त्रालय सहमत

बैशाख १७, २०८२ बुधवार
बैशाख १७, २०८२ बुधवार
  • शिक्षकका माग सम्बोधन गर्न सरकारलाई  ८ अर्ब दायित्व थपिने, अर्थ मन्त्रालय सहमत

    आन्दोलनरत शिक्षक महासंघको माग पूरा गर्न सरकारलाई वार्षिक आठ अर्ब दायित्व थपिने भएको छ । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षकहरूका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने बताएका हुन् । 

    बुधबार राति मन्त्रिपरिषदको बैठकपछि शिक्षामन्त्री पन्तले शिक्षकहरुका माग सम्बोधन गर्न वार्षिक ८ अर्ब दायित्व थपिने र यसमा अर्थ मन्त्रालयले सहमति दिएको जानकारी दिएका हुन् । 

    यो सँगै शिक्षकहरूको आन्दोलन भोलि (बिहीबार) बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच सहमति भएपछि आन्दोलन स्थगित गर्ने भएको हो ।

    मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए । यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् । सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ ।

    बुधबार सिंहदरबारमा भएको वार्तामा शिक्षामन्त्री रघुजी पन्तसहित नेपाल महासंघका पदाधिकारीहरू सहभागी थिए । "सरकार र नेपाल शिक्षक महासंघबीच भएको वार्तामा कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि नै गराउने सहमति भएको छ," शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले भने ।

    असार १५ गतेसम्म शिक्षा ऐन जारी भइसक्ने डेटलाइन राखिएको उनले बताए । यही वैशाख ११ गतेदेखिलाई तोकिएको कक्षा १२ को परीक्षा शिक्षक आन्दोलनकै कारण सारिएको थियो । सरकार शिक्षकहरूले पेस गरेको नौबुँदे प्रस्तावमा सहमतिमा पुगेको छ । सहमतिमा हस्ताक्षर हुन भने बाँकी छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार