नेपाली काँग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।
अधिवक्ता अनन्त लुइँटेलले आइतबार थापाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् । सर्वोच्च प्रशासनले उनको रिट निवेदनमा मंगलबारको पेसी तोकिदिएको छ ।
सांसदसमेत रहेका थापाले संवैधानिक निकायका पदाधिकारीको नियुक्तिमा अदालतले ‘डिल’ गरिरहेको आरोप लगाएका थिए ।
वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतले ‘तँलाई हान्दिऊँ’ भन्दै झुलाइरहेको टिप्पणी गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्