शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

टेम्पोमा भेटिइन् निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई

टेम्पोमा भेटिइन् निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • टेम्पोमा भेटिइन् निवर्तमान शिक्षामन्त्री विद्या भट्टराई

    शिक्षक आन्दोलनका कारण मन्त्री पदबाट राजीनामा दिएकी पूर्वशिक्षामन्त्री तथा सांसद विद्या भट्टराई टेम्पोमा भेटिएकी छिन्। 

    सामाजिक सञ्जालमा उनले सफा टेम्पो चढेर यात्रा गरिरहेको तस्वीरहरू भाइरल बनेका छन् । गत ८ वैशाखमा प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएकी भट्टराईसँग निजी सवारी साधन छैन । भट्टराईले राजीनामा दिएकै दिन क्वार्टर छाडेकी थिइन् । 
    493792922_1086120646875602_2463304083434077504_n.jpg

    एमालेकै अर्का सांसद तारा लामा तामाङले उनको उक्त तस्वीर सार्वजनिक गरेका हुन्। आफू पठाओ कुरिरहेका वेला भट्टराई घर फर्कने क्रममा उक्त दृश्य देखेपछि तस्वीर लिएको उनले बताएका छन्।

    'प्रतिनिधिसभा २०७९, छैठाैँ अधिवेशनको पहिले दिन (२०८२/१/१२) को बैठक सकिएपछि संसद भवनको ३ नम्बर गेट बानेश्वरमा म डेरा जानका लागि पठाओको पर्खाइमा थिएँ', तस्वीर सेयर गर्दै लामाले लेखेका छन्, 'निवर्तमान मन्त्री विद्या भट्टराई ज्यू संसद बैठकपश्चात् निवासतिर प्रस्थान गर्ने क्रममा ट्याम्पाेमा चढ्दै गरेको देखेँ र मैले लिएका उहाँका केही फोटा मन परेकाले पोष्ट गरेँ है।' 

    यद्यपि उनले स्वास्थको कारण देखाउँदै राजीनामा दिएकी थिइन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार