शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति

आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति

बैशाख १४, २०८२ आइतवार
बैशाख १४, २०८२ आइतवार
  • आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएकोप्रति महासंघको आपत्ति

    काठमाडौँमा आन्दोलनरत शिक्षकहरूलाई धम्क्याएको भन्दै नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले एक विज्ञप्ति जारी गर्दै यस्ता कार्य बन्द गर्न स्थानीय तहहरूलाई आग्रहसमेत गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलनमा सहभागी भएका थुप्रै प्रधानाध्यापक शिक्षक र कर्मचारी साथीलाई धम्काउने, सरुवा गर्ने, राजीनामा दिन दबाब दिने जस्ता कार्य कतिपय स्थानीय तहबाट भएको सूचना आइरहेका छन् । संविधान प्रदत्त सामूहिक सौदाबाजीको अधिकार उपयोगप्रति सम्मान गरी यस्ता कार्य नगर्न नगराउन सबै स्थानीय तहहरूलाई आग्रह गर्दे यो परिस्थितिबाट विचलित नहुन सबै शिक्षक(कर्मचारी साथीहरूमा अनुरोध गर्दछौँ ।’

    महासंघले गत वर्षको चैत २० गतेदेखि काठमाडौँ केन्द्रित शैक्षिक सडक आन्दोलन गरिरहेको छ । आन्दोलन चलेको पनि २५ दिन नाघेको छ । गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने उद्देश्यबाट गरिएको यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघको भनाई छ । 

    ‘यो आन्दोलनलाई अझ सशक्त बनाउँदै हाम्रा माग मुद्दा समेटिएको अग्रगामी ऐन जारी गर्ने सवालमा अब दरिलो र अन्तिम धक्का आवश्यक भएको छ । यस निर्णायक घडीमा देशभरका सबै शिक्षक कर्मचारी साथीहरूलाई काठमाडौँ आउनुहुन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।

    489729264_676619021759191_118281897681549495_n

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार