शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

थाइल्यान्डबाट फर्किदैँ मन्त्री आरजु राणाले भनिन्- सरकार परिवर्तनको हल्लाले चकित बनायो

थाइल्यान्डबाट फर्किदैँ मन्त्री आरजु राणाले भनिन्- सरकार परिवर्तनको हल्लाले चकित बनायो

बैशाख १२, २०८२ शुक्रवार
बैशाख १२, २०८२ शुक्रवार
  • थाइल्यान्डबाट फर्किदैँ मन्त्री आरजु  राणाले भनिन्- सरकार परिवर्तनको हल्लाले चकित बनायो

    परराष्ट्र मन्त्री डा.आरजु राणा देउवाले सरकार परिवर्तन हुने हल्ला मात्र भएको बताएकी छन् ।  थाइल्यान्डबाट फर्कने बित्तिकै विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएकी हुन् । सरकार परिवर्तनको हल्लाबारे आफू चकित भएको प्रतिक्रिया दिइन् ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवाले सरकार परिवर्तनको हल्ला सत्य नभएको बताएकी छन् । यसबारेमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच टेलिफोन कुराकानी समेत भएको उनले जानकारी दिइन् । 

    ‘देशमा रमाइलोका लागि यस्तो खबरहरु आउने गर्छ । अरु केही नभएपछि सरकार परिवर्तनको हल्ला आउँछ । सरकार बदल्नको लागि नेपालभित्र बसेर गर्नुपर्ने होला विदेश गएर यहाँको सरकार परिवर्तन हुँदैन,’ उनले भनिन् ।  परराष्ट्रमन्त्री राणा थाइल्यान्डको बैंककमा २०८२ वैशाख ८ देखि १२ गतेसम्म आयोजित एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगको ८१ औं सत्रको अध्यक्षता गरी आज स्वदेश फर्केका हुन् । 

    उक्त अवसरमा उनीले अति कम विकसित, भूपरिवेष्टित विकासशील र साना टापु विकासोन्मुख मुलुकहरूका साझा चासोका विषयहरू उठान गरेका बताइन् ।  उनले यो अवसरले अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चमा नेपालको पहिचान र प्रतिनिधित्व अभिवृद्धि गरी राष्ट्रिय हितको प्रवद्र्धन गर्ने परराष्ट्र नीतिको उद्देश्य प्राप्त गर्न सहयोग पुगेका बताइन् ।

    उनले भनिन्,‘उक्त भ्रमणका अवसरमा सानो द्वीप विकासशील राज्यहरूका लागि संयुक्त राष्ट्र संघका उच्च प्रतिनिधि अल्पविकसित, भूपरिवेष्ठित विकासशील र –संयुक्त राष्ट्रसंघको उच्च प्रतिनिधि महामहिम सुश्री रबाब फातिमासँग भेटघाट गरी आपसी हितका विविध विषयमा छलफल गरेको थिए । सो अवसरमा अति कम विकसित राष्ट्रबाट हुन लागेको नेपालको स्तरोन्नति स्नातकलाई सहज र दिगो बनाउने विषयमा छलफल केन्द्रित भएको थियो ।’

    उनले यस भ्रमणबाट नेपालले जेठ २ देखि ४, २०८२ मा काठमाडौंमा आयोजना गर्न लागेको सगरमाथा संवादको बारेमा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरू, अन्तर्राष्ट्रिय संघसंगठन एवम् नागरिक समाजका प्रतिनिधिहरुलाई जानकारी दिने र उच्च तहको सहभागिताका लागि आमन्त्रण गर्ने मौका मिलेको पनि जानकारी गराइन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार