शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

संसद्‌मा आज गर्ने भनिएको प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

संसद्‌मा आज गर्ने भनिएको प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

बैशाख १२, २०८२ शुक्रवार
बैशाख १२, २०८२ शुक्रवार
  • संसद्‌मा आज गर्ने भनिएको प्रधानमन्त्री ओलीको सम्बोधन स्थगित

    प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्‌मा सम्बोधन नगर्ने भएका छन् । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको ओलीको सम्बोधन स्थगित भएको हो । 

    एमालेका प्रमुख सचेतक महेश बर्ताैलाका अनुसार आज प्रधानमन्त्रीले गर्ने भनिएको सम्बोधन स्थगित भएको हो।  सत्तारूढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज थाइल्यान्ड भ्रमणबाट फर्किंदै छन् ।

    प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखाको बारपाक पुगेका छन् । दुवै नेता सदनमा अनुपस्थित हुने भएपछि ओलीको सम्बोधन स्थगित भएको बताइएको छ ।

    आज प्रमुख दलका शीर्ष नेता बैठकमा सहभागी नहुने भएकोले बजेट अधिवेशनको पहिलो बैठकमा दोस्रो तहका नेताहरूले सम्बोधन गर्नेछन् ।
     
     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार