शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौंः मन्त्री खड्का

समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौंः मन्त्री खड्का

बैशाख ११, २०८२ बिहिवार
बैशाख ११, २०८२ बिहिवार
  • समय सापेक्षित कानुनहरु निर्माण गरिरहेका छौंः मन्त्री खड्का

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुनहरु निर्माण गर्ने काममा लागिपरेको बताएका छन् । 
    बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुनहरु निर्माण गर्ने र छिटोछरितो  काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको बताएका हुन् ।

    उनले भने, ‘हामीहरु सरकारमा छौं । समय सापेक्षित कानुनहरु निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको अवस्था छ  । त्यसका लागि कुन कानुनहरु बाधाको रुपमा देखिएको छ अनुभूति भएको कुराहरु भन्नुहोला त्यसमा संशोधन गर्नेछौं । सबै समयसापेक्षित बनाउनुपर्छ । त्यस्तै उनले धेरै आयोजनाहरु सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरुलाइ चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए ।

    उनले भने,‘एउटा आयोजना मात्रै हामीले सुरु गर्यौं भने रोजगारीकै अवसरहरु धेरै मिल्छ । बुढी–गण्डकी आयोजना सुरु गर्यौं भने १७ हजारले रोजगारी पाउँछन् । त्यसमा ४० प्रतिशत इन्जिनियरकै आवश्यकता हुन्छ । यस्ता थुप्रै आयोजनाहरुसुरु गर्नुपर्नेछ । त्यसले राजस्व वृद्धि हुने उद्योगधन्दाहरु चलयमान हुने हुन्छ । साना पसलदेखि रोजगार सृजना हुने आयोजनाहरुमा लाग्नुपर्ने आवश्यकता छ ।’

    अब ढिला गर्ने छुट कसैलाई नभएको भन्दै उनले तिव्र गतिमा काम अगाडि बढाउन लाग्नुपर्ने धारणा राखे । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार