शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

काम गर्न नसक्ने प्रधानमन्त्रीले कान समातेर उठबस गर्ने वाचा गर्नु पर्‍योः बामदेव गौतम

काम गर्न नसक्ने प्रधानमन्त्रीले कान समातेर उठबस गर्ने वाचा गर्नु पर्‍योः बामदेव गौतम

बैशाख ९, २०८२ मंगलवार
बैशाख ९, २०८२ मंगलवार
  • काम गर्न नसक्ने प्रधानमन्त्रीले कान समातेर उठबस गर्ने वाचा गर्नु पर्‍योः बामदेव गौतम

    राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

    आज (मंगलबार) राष्ट्रिय सभाअन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले नेपालको सम्पूर्ण जमिन राष्ट्रियकरण गरेर योजनाबद्ध ढङ्गले अगाडि नबढेसम्म मुलुकको विकास गर्न नसकिने जिकिर गरे । नेपालको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर आवश्यकताअनुसार विकासको खाका कोर्नुपर्ने उनको भनाइ छ ।

    उनले अब छलफल मात्र गरेर मुलुकमा विद्यमान आधारभूत आवश्यकताका समस्याहरू समाधान गर्न सम्भव नरहेको जिकिर गरे । उनले छलफलमा प्रधानमन्त्री बन्नेहरूलाई बोलाएर काम गर्न नसके कान समाएर उठबस गर्ने वाचा खुवाउनु पर्ने तर्क गरे ।

    उनले भने, ‘पहिले देशको सम्पूर्ण जमिन राज्यको नाममा ल्याउनु पर्‍यो । त्यसपछि बसेर योजना बनाउनु पर्‍यो । पिउने पानीदेखि विद्यालयसम्म जति पनि आवश्यक हुन्छ त्यो सबैका लागि योजना बनाएर लागू गर्ने स्थिति नहुँदासम्म यो हुँदैन । यो छलफल नै गर्ने हो भने प्रधानमन्त्री हुनेहरूलाई ल्याएर यदि मैले गर्न सकिनँ भने कान समातेर सय पटक उठबस गर्नेछु भने वाचा गराउनु पर्‍यो । यदि समस्याको समाधान गर्न सकेनन् भने यिनीहरू मुलुकको प्रधानमन्त्री बन्न लायक छैनन्, समस्याको समाधान यसरी गर्ने हो यिनीहरूले गर्न सकेनन् भनेर आम जनतालाई भन्नु पर्छ । अब आधारभूत रूपमा काम गर्न नसक्दासम्म अगाडि बढ्न सकिन्न ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार