शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षकलाई अपमान गर्ने ओली एकदिन पनि सरकारको नेतृत्वमा बस्न मिल्दैन - प्रचण्ड

शिक्षकलाई अपमान गर्ने ओली एकदिन पनि सरकारको नेतृत्वमा बस्न मिल्दैन - प्रचण्ड

बैशाख ९, २०८२ मंगलवार
बैशाख ९, २०८२ मंगलवार
  • शिक्षकलाई अपमान गर्ने ओली एकदिन पनि सरकारको नेतृत्वमा बस्न मिल्दैन - प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकको अपमान गर्ने प्रधानमन्त्री केपी शर्मा ओली एक दिन पनि सरकारमा बस्न नहुने बताएका छन् ।

    उनले देशको अवस्था निकै चुनौतीपूर्ण रहेको बताउँदै केपी शर्मा ओली नेतृत्वको सरकारको जन्म नै असंवैधानिक तरिकाले भएको बताए । “देशको स्थिति चुनौतीपूर्ण छ । एमाले र केपी ओली नेतृत्वको सरकारको जन्म नै अलोकतान्त्रिक र असंवैधानिक छ भनेका छौँ । यसले गर्ने भनेको भ्रष्टाचारीको रक्षा नै हो,” उनले भने ।

    उनले राम्रो काम गर्नेको तेजोबध गर्ने र आफ्नो लागि लागिपर्नेलाई जसरी पनि जोगाउने नै यो सरकारको काम भएको बताए । उनले यो सरकारका गलत काम हजारौँ भएकाले राख्न नमिल्ने बताए ।

    “आजकै दिनमा सरकार साच्चै भन्ने हो भने एक दिन पनि नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको छ,” उनले काठमाडौंमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै भने, “दुई सातादेखि शिक्षक सडकमा छन् । शिक्षकलाई अपमानित गर्ने र गाली गर्नेबाहेक केही भएन । यो भन्दा ठूलो अपमान के हुन्छ ? वार्ता गर्नेभन्दा प्रधानमन्त्रीले शिक्षकलाई अपमान गर्न थाले । त्यसैले अब एक दिन पनि सरकारको नेतृत्वमा बस्न मिल्दैन ।” 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार