शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट 'हेर्न नमिल्ने'मा

रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट 'हेर्न नमिल्ने'मा

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट 'हेर्न नमिल्ने'मा

    राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षकरण रिट 'हेर्न नमिल्ने'मा परेको छ । सभापति लामिछानेका तर्फबाट श्रीमती निकिता पौडेलले सर्वोच्चमा आइतबार बन्दी प्रत्यक्षकरणको रिट दर्ता गरेकी थिइन् । 

    बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उच्च अदालत तुल्सीपुर बुटवल इजलासको आदेशमा पूर्वपक्षका लागि थुनामा रहेका लामिछानेले यसअघि ७३ नम्बर निवेदन लिएर सर्वोच्च गइसकेका छन् । 

    उनको उक्त निवेदनमा सर्वोच्चका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ।  उक्त आदेशपछिको सुनवाई नहुँदै रविका तर्फबाट श्रीमती निकिताले बन्दी प्रत्यक्षकरणको रिट दायर गरेकी हुन् । रिटमा रविलाई गैरन्यायिक थुनामा राखिएको भन्दै रिहा गर्न माग गरिएको छ। 

    आइतबार दर्ता भएको रिटमा सर्वोच्चले आजको पेसी दिएकोमा न्यायाधीश हरि फुयालको इजलासमा हेर्न नमिल्नेमा परेको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार