शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ९१ हजार रुपैयाँ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ९१ हजार रुपैयाँ

बैशाख ८, २०८२ सोमवार
बैशाख ८, २०८२ सोमवार
  • सुनको मूल्य हालसम्मकै उच्च, तोलाको १ लाख ९१ हजार रुपैयाँ

    नेपाली बजारमा आज सुन मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ। यससँगै सुनको मूल्य हालसम्मकै उच्च भएको छ।

    सोमबार छापावाला सुन प्रतितोला १ लाख ९१ हजार रुपैयाँ कायम भएको छ। आइतबार छापावाला सुन प्रतितोला १ लाख ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यस्तै, चाँदीको मूल्य भने लगातार ४ दिन स्थिर रहेको छ। बिहीबार तोलामा १ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी सोमबारसम्म पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

    नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।

    आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३१५ दशलमव १३ अमेरिकी डलर र चाँदी ३२ दशलमव ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार