शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आफ्नै गृहजिल्लामा शौचालयभित्र थुनिएको घटनामा योगेश भट्टराईले भने – मलाई कुनै दुःख छैन

आफ्नै गृहजिल्लामा शौचालयभित्र थुनिएको घटनामा योगेश भट्टराईले भने – मलाई कुनै दुःख छैन

बैशाख ६, २०८२ शनिवार
बैशाख ६, २०८२ शनिवार
  • आफ्नै गृहजिल्लामा शौचालयभित्र थुनिएको घटनामा योगेश भट्टराईले भने – मलाई कुनै दुःख छैन

    नेकपा एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य योगेश भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले नाराबाजीका क्रममा शौचालयमा थुनिएको विषयमा बोलेका छन्। उनले केही समयअघि सामाजिक सञ्जाल फेसबुकमार्फत् ताप्लेजुङमा भएको घटनाबारे मुख खोलेका हुन्।

    भट्टराईले ताप्लेजुङमा ‘नो केबलकार’ समूहले नाराबाजीका क्रममा शौचालयमा थुनिएको विषयमा आफूलाई कुनै दुख नभएको प्रतिक्रिया गरेका छन् । उनीविरुद्ध नाराबाजी भएको खबर सार्वजनिक भएपछि भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन् ।

    ‘कार्यक्रम सकेर फर्कनेक्रममा २-४ जनाले मेराविरुद्ध नारा लगाएछन् । नेपाली जनताको लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक अधिकारको प्रयोग गरेछन् ।मलाई कुनै दुःख छैन । सवाल विरोध वा समर्थन सभ्यताको सीमाभित्र हुनु पर्दछ,’ भट्टराईले लेखेका छन् ।

    उनले ‘नो केबलकार’ समूहको तर्फबाट नाराबाजी गर्नेहरूलाई प्रायोजकको हतियार नबन्न र सामाजिक एकता र सद्भाव नबिगार्न पनि भनेका छन् । उनले ‘जसले जति जानेको छ वा जे गर्न लगाइएको छ, त्यति नै गर्ने हो’ भन्दै विवेकले प्रयोग गरेर काम गर्न आग्रह गरेका छन् ।

    भट्टराई शुक्रबार कञ्चनजङ्घा हिरक महोत्सवको उद्घाटनका लागि गृह जिल्ला ताप्लेजुङ पुगेका बेला ‘नो केबलकार’ समूहले घेरा हालेका थिए ।

    नेता भट्टराई शौचालय गएको समयमा उनलाई आन्दोलनकारीले शौचालयमा घेरा हालेपछि प्रहरीले शौचालयको ढोकामा चुकुल लगाएको थियो । आन्दोलनकारीले नाराबाजी गरेपछि प्रहरीको थप जनशक्तिले भीडलाई तितरबितर गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार