शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन् - प्रधानमन्त्री ओली

सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन् - प्रधानमन्त्री ओली

बैशाख ५, २०८२ शुक्रवार
बैशाख ५, २०८२ शुक्रवार
  • सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता छैन् - प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला र चर्चाका पछाडि कुनै सत्यता नरहेको बताएका छन् ।

    चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले काँग्रेस र एमाले जस्ता ठुला र इतिहास बोकेका दलहरूले देशमा विकास र सुशासन दिनका लागि एकसाथ मिलेर सरकार गठन गरेको बताए ।

    प्रधानमन्त्री ओलीले भने, ‘ढुक्कका साथ विकास निर्माणका काममा लाग्नुस्, नलाग पछि हल्लैको भन्ने गीत छ नि, हल्लाको पछाडि लाग्नुपर्ने आवश्यकता छैन । देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध देश र सुखी नेपाली बनाउनुपर्छ, त्यो भन्दा परिष्कृत परिमार्जित गन्तव्य अरू छैन ।’

    ओलीले चितवन राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी गरेर गर्मीको बेला चिसो खान इच्छाकामना गाउँपालिकामा आउने सकिने बताए । मनकामना मन्दिर दर्शन गर्न जान आउन, इच्छाकामना मन्दिरको दर्शन नगरी मनोकामना पुरा नहुने भएकोले धार्मिक र पर्यटकीय सम्भावना उच्च रहेको ओलीले बताए ।

    प्रधानमन्त्री ओलीले चितवनको एक मात्रै गाउँपालिका इच्छाकामना गाउँपालिकाको ४ करोड २ लाख रुपैयाँको लागतमा बनेको भवनको उद्घाटन गरेका हुन् ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार