शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images
अन्तर्वार्ता:

कलाकर्मी र संस्कृतिमाथिको उपेक्षा सहन सकिदैन्: तीर्थ थापा

कलाकर्मी र संस्कृतिमाथिको उपेक्षा सहन सकिदैन्: तीर्थ थापा

गीत, संगीत, नाटक, अभिनय, कविता, चित्रकला आदीको महत्व छ भन्ने कुरा कमै नेताले मात्र बुझेका छन् । यसको महत्व छ भन्नेमा कम नेताको मात्रै धारणा सुनेका छौं । महासंघ भनेको गाउने र नाच्ने मात्रै हो भन्ने सोच रहेको पाएका छौं । नेपाली कांग्रेस पार्टीभित्र बुझाइ के रहेछ भने कि जेल गएको हुनुपर्यो, कि विद्यार्थी आन्दोलन गरेको हुनुपर्यो भन्ने मान्यता रहेछ ।

बैशाख ५, २०८२ शुक्रवार
बैशाख ५, २०८२ शुक्रवार
  • कलाकर्मी र संस्कृतिमाथिको उपेक्षा सहन सकिदैन्: तीर्थ थापा

    नेपाल सांस्कृतिक महासंघको नेतृत्वमा बसेर काम गरेको १९ बर्ष वित्यो । लोकतन्त्रमाथि विश्वास गर्ने देशभरका कलाकर्मीहरुको छाता संस्था महासंघ अब तेस्रो महाधिवेशनमा जुटेको छ । म यतिबेला तेस्रो महाधिवेशन सम्पन्न गराउने दौडमा छु । यतिबेला कोशी र मधेस प्रदेशका सबै जिल्लाहरुको अधिवेशन सम्पन्न भइसकेको छ । केन्द्रीय महाधिवेशनको लागि सबै जिल्लाको अधिवेशन सक्नुपर्ने बाध्यता छ । अबको तीन महिनभित्र महाधिवेशन सम्पन्न गराउने दौडमा छौं ।

    देशभरका कलाकर्मीको भावना बुझ्दा मातृ संस्था नेपाली कांग्रेसबाट सांस्कृतिक कर्मीहरु अर्थात महासंघ उपेक्षित भएको अनुभव भइरहेको छ । सांस्कृतिक महासंघ भनेको गीत गाउने, नाच्ने, हसाउने, रमाइलो गर्ने र कुनै चुनावका लागि काम गर्ने संस्था मात्र हो भन्ने बुझाइ भयो । केही नेताहरुको यसको धेरै भूमिका बुझेका छन् । कुनै सन्देश प्रवाहका लागि संस्थाको महत्व ठूलो छ भन्ने बुझेका छन् । कुनैपनि मुद्दा वा विषयबस्तुको सन्देश प्रवाह गर्न कलाकारिताका विभिन्न माध्यम वा विधाहरु महत्वपूर्ण छन् भन्ने बुझेका छन् । तर सबैले यसको महत्व बुझेका छैनन् ।

    Photo (3) (2).jpg

    गीत, संगीत, नाटक, अभिनय, कविता, चित्रकला आदीको महत्व छ भन्ने कुरा कमै नेताले मात्र बुझेका छन् । यसको महत्व छ भन्नेमा कम नेताको मात्रै धारणा पाएका छौं । धेरैले गीत गाउने र नाच्ने मात्रै हो भन्ने भावना पाएका छौं । नेपाली कांग्रेस पार्टीभित्र बुझाइ के रहेछ भने कि जेल गएको हुनुपर्यो कि विद्यार्थी आन्दोलन गरेको हुनुपर्यो भन्ने मान्यता रहेछ । अझ दलित, महिला, जनजाति हुनुपर्यो भन्ने मान्यता रहेछ । उ मात्र नेता बन्ने र उसले मात्र अवसर पाउनुपर्छ भन्ने बुझाइ रहेछ । तर कलाकारिता वा सांस्कृतिक महासंघको भूमिका र महत्वलाई बुझ्न सकिएन् ।

     कलाकारिताको योगदान ठूलो छ, यसले अर्थात संस्कृतिले समाज परिवर्तन गराउँछ, सामाजिक चेतना बढाउछ भन्ने भावना चाँही नेताहरुमा छैन् । सांस्कृतिक क्षेत्रको महत्व धेरै नै थियो भन्ने कुराहरुको महशुस जननायक बीपी कोइरालाले गर्नुभएको पाइन्छ । किनकी वि.स.२००८ सालमा नेपाल सांस्कृतिक परिषद् गठन गरेको कुराले त्यसलाई पुष्टि गर्छ । त्यतिबेला परिषद्को अध्यक्ष बीपी स्वयम आफै हुनुभयो । जसमा सिद्धिचरण श्रेष्ठ, लेखनाथ पौडेल ,लक्ष्मीप्रसाद देवकोटा लगायतका थुप्रै व्यक्तित्वहरु समावेश थिए । परिषद् किन गठन गरियो वा किन खोलियो भन्दा त्यतिबेला सायद मिडिया कमजोर थियो होला । कविता, कथा, उपन्यास लेखिने गरेको र त्यसको प्रभाव जनतामा धेरै थियो भन्ने छ । समाजमा कस्ता कस्ता व्यक्तिहरु छन् भन्ने कुरा उपन्यास, कथा, कविताले पुष्टि गर्दथ्यो । पछिल्लो चरण ०६२–६३ को जनआन्दोलनमा हामीले प्रत्यक्ष सहभागिता जनाएर कलाकर्मीको महत्व र सान्दर्भिकता पुष्टि गरिसकेका छौं ।


    जसको फलस्वरुप २०६२ साल फागुन २७ गते सांस्कृतिक संघका रुपमा समिति गठन गरेर हामी अगाडि बढेका हौं । फागुनमा समिति बनायौं र जेठको ११ गते कांग्रेसले शुभेच्छुक संस्थाको रुपमा मान्यता दिएको हो । त्यसपछि हामी निरन्तर क्रियाशील रहेर विभिन्न रुपमा सक्रियता बढाएका हौं । गिरिजाप्रसाद कोइराला  हुँदै तत्कालिन ७५ जिल्लामध्ये ६३ जिल्ला गठन गरेर ०६६ सालमा पहिलो अधिवेशन गरेका थियौं । ०७३ सालमा दोस्रो अधिवेशन गर्दा पनि ७५ जिल्ला नै गठन भइसकेको थियो । महासंघ अहिले पनि ७७ नै जिल्ला गठन भइसकेको छ । सम्मान, सुरक्षा र पहिचानको कुरा महत्वपूर्ण हुने रहेछ । तर आजका दिनमा सांस्कृतिक महासंघमा लागेर आफ्नो क्षेत्रको पहिचान नहुने र व्यवसायको ग्यारेन्टी नहुने अवस्था देखिएको छ ।

    Photo (6) (3).jpg

    अनेक छन् प्रश्न
    महासंघप्रति कलाकारहरुको आकर्षण बढाउने कुरामा निकै सकस भइरहेको छ । कलाकार वा स्रष्टाहरुको आकर्षण कम छ । मलाई नै धेरैले प्रश्न गरिरहेका छन्–१९ बर्षसम्म लागेर तैंले के पाइस भनिरहेका छन् । न पार्टीमा भूमिका, न नियुक्ति, न माननीयको टिकट दिलाउन सकिस भन्ने अनेक प्रश्नहरु छन् । आफ्नो पेशा गरिरहेका छौ, खाइरहेका छौ महासंघमा किन लाग्नु भन्ने खालको भावना कलाकारहरुमा छ । सायद त्यो प्रभाव कांग्रेसले दिन सकेको छैन् । यसमा हाम्रो संस्थाको पनि पनि कमजोरी हुन सक्छ । पार्टीले दिएन भनिरहँदा हामीले के गर्यौं भन्ने प्रश्नहरु होलान । संगठित हुन नसक्दा कमजोर भएको, सामूहिक आवाज उठाउन नसकिएको होला भन्ने लागिरहेको छ ।

    ०६२/०६३ मा एउटा भावना थियो । ०६४ सालको चुनावमा पाँचवटा समूह बनाएर हिंडेका थियौं । चुनावी परिणाममा काङ्ग्रेस कमजोर भयो । त्यसपछि संगठन बनाउन हिड्यौं । त्यो बेला र अहिलेको चालमा धेरै फरक छ । त्यो बेला आकर्षण र विश्वास थियो । केही हुन्छ कि भन्ने थियो । माधव कुमार नेपाल प्रधानमन्त्री भएका बेला गिरिजाबाबुले नै के छ पेशा भनेर सोध्नु भएको थियो । केही छैन् भनेर भन्दा अनि घर व्यवहार कसरी चलाउनुहुन्छ भन्नेर प्रतिप्रश्न गर्नुभएको थियो । त्यसबेला खुबै सोधिखोजी हुन्थ्यो । संस्थाप्रति गरेको मेहेनतका बारेमा नेताहरुलाई चासो हुन्थ्यो ।

    त्यसैबेला मलाई गिरिजाबाबुले एकेडेमीमा जिम्मेवारी दिनुभएको थियो । सोही मौकामा दिनरात नभनी काम गरेर संगठन बनाएका थियौं । ७५ जिल्लामा नै संगठन बनाएका थियौं । संगठन बनाउने सिलसिलामा उहाँले नै प्रत्यक्ष संलग्नता देखाउनुहुन्थ्यो । त्यसैले त्यसबेला कलाकर्मी वा महासंघप्रति पार्टीको चासो र चिन्ता थियो । तर हिजोआज हामी उपेक्षित भएका छौं । उबेलाको अवस्था अहिले छैन् । सायद यसमा म आफैं पनि दोषी छु ।

    Photo (5) (2).jpg

    नेता बोल्नै चाहँदैनन् 
    संस्कृतीको विषयमा वा हाम्रो सांस्कृतिक महासंघका सन्दर्भमा हाम्रा नेताहरु बोल्नै चाहदैनन् । पार्टीका १६५ जना नेताहरुले केन्द्रीय समितिमा संस्कृतिको बारेमा कुनै कुरा राखेका छैनन् । यसको संरक्षण गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेकै छैनन् । महासंघको संस्थागत प्रतिनिधित्व चाहिन्छ, यो पक्षलाई पनि समावेश गर्नुपर्छ भन्ने चेत नेताहरुमा छैन् । गुटका बारेमा बोल्ने तर संस्थाका बारेमा नबोल्ने परिपाटीको विकास भएको छ । त्यसको शिकार महासंघ भइरहेको छ ।

    हुनत १९ वर्षको समयमा नेपाली काङ्ग्रेसले अध्यक्षका रुपमा मलाई सम्झने गरेको त छ तर त्यो आशन ग्रहणका लागि मात्रै हो । तर महासंघमा रहेका सयौं साथीहरुलाई स्थान दिने वा अवसर दिने कुरामा पार्टीले सम्झेको छैन् । यति हुँदाहुँदै पनि हामी आत्तिहालेका छैनौं, विश्वास दिलाउने प्रयासमा छौं ।

    अध्यक्ष भएका नाताले म हाल सबै जिल्लाको भ्रमणमा हिड्नुको कारण ७७ जिल्लाबाट कांग्रेसको आगामी महाधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना सांस्कृतिक महासंघकै नेतालाई महाधिवेशन प्रतिनिधिका रुपमा ल्याउने प्रयासका लागि हो ।

    १६५ जना महासंघका तर्फबाट अधिवेशन प्रतिनिधि ल्याउनसके केन्द्र र प्रदेशमा हाम्रो प्रतिनिधित्व हुनेमा हामी विश्वस्त छौं । किनकी १९ वर्षमा मैले जति गुमाए त्यो अरु मान्छेले सहनै सक्दैन् । आत्महत्या गर्नेसम्म पुग्छ । वास्तविक पीडा मैले भोगेको छु । महासंघका अन्य अभियन्ताहरुलाई यस्तो अवस्था आउन नदिने मेरो प्रण हो । आफ्ना छोराछोरीभन्दा पनि धेरै माया संस्थाको लाग्छ । तर साथीहरुलाई विश्वास दिलाउन मलाई आफ्ठयारो भइरहेको छ ।  म नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छु । नेतृत्व गर्नसक्ने व्यक्तिहरु उत्पादन पनि भइसकेका छन् । थकाई लागेपनि म निरन्तर महासंघको शाखलाई जोगाऔं भन्नेमा छु ।

    Photo (1) (3).jpg

    उपेक्षा अस्वीकार्य
    जोकोहीले सांस्कृतिक क्षेत्रलाई उपेक्षा, अपमान र समावेशीताको सिद्धान्त बाहिर राखेर काम गर्न हुँदैन् । राजनीतिक क्षेत्रबाट वा राज्यबाट भइरहेको उपेक्षा गलत छ । संस्कृति भनेको बोलीचाली, रितिरिवाज, परम्परा, गीत–संगीत रचना र विभिन्न धर्मसँग सम्बन्धित विषयवस्तु नै संस्कृति हो । त्यसलाई उपेक्षा गरेर राज्य सम्पन्न हुन सक्दैन् । संसारका कुनैपनि देशमा रहेको संस्कृतिमा लगानी हुन्छ त्यहाँ संस्कृतिको सम्मान र सुरक्षा भएको पाएका छौं । त्यो भनेको देशको सम्मान हो ।

    संस्कृति क्षेत्रको गरिमा रहेन भने राज्य सक्षम भएको ठहरिदैन् । कांग्रेस मात्र नभइ अन्य दलहरुले यो क्षेत्रलाई महत्व दिनुपर्छ । धार्मिक पर्यटन बढाउन यसले धेरै ठूलो भूमिका निर्वाह गर्छ । त्यसैले राज्यले सांस्कृतिक क्षेत्रलाई उपेक्षा गरेर अगाडि बढ्न सक्दैन् ।

     (चलचित्र निर्देशक एवम नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थ बहादुर थापासँग गरेको कुराकानीमा आधारित)

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार