शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रचण्डलाई कांग्रेसको जवाफः तपाईंले भनेकै आधारमा सरकार ढल्दैन

प्रचण्डलाई कांग्रेसको जवाफः तपाईंले भनेकै आधारमा सरकार ढल्दैन

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • प्रचण्डलाई कांग्रेसको जवाफः तपाईंले भनेकै आधारमा सरकार ढल्दैन

    सत्ता साझेदार नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भनेकै आधारमा सरकार नढल्ने बताएको छ ।

     बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले प्रचण्ड प्रतिपक्षमा भएकाले सरकार ढल्दैछ भन्नु स्वभाविक भएको बताएका छन्। उनले भने, ‘प्रचण्ड प्रतिपक्षमा हुनुहुन्छ, उहाँले यो सरकार ढलिहालोस् भन्नु स्वभाविक हो । उहाँले भनेको कुरामा हाम्रो टिप्पणी छैन । तर उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सरकार बन्ने र भत्किने हुँदैन ।’

    प्रचण्डले केही दिनयतादेखि कांग्रेसभित्र असन्तुष्टि बढेको भन्दै सरकार ढल्ने दाबी गरेका थिए । प्रचण्डले ओली सरकार ढाल्न कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफू तयार रहेको बताएका थिए । कांग्रेसले सरकारकारले अझै सशक्तरुपमा डेलीभरी बढाउनु पर्ने र गठबन्धनबीच तालमेल गर समन्वय गर्नुपर्नेमा जोड दिएको छ ।

    पार्टी सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेको नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीहरुको बैठकपछि यस्तो जोड दिइएको हो । ‘सरकारको परफरमेन्स अझ राम्रो हुनुपर्छ, गठबन्धन दलबीच बढी समन्वय हुनुपर्‍यो र सन्तुलन हुनुपर्‍यो,’ बैठकपछि प्रवक्ता प्रकाशरण महतले भने, ‘अझ सशक्तरुपमा सरकारले डेलीभरी दिनसक्नु पर्दछ र तालमेल राम्रो मिल्नु पर्दछ भन्ने कुरामा साथीहरुले कुराकानी राख्नु भयो ।’ 

    उनले नेताहरुले उठाएको यस्ता कुराका बारेमा नेतृत्वले निरन्तर छलफल गरिरहहेको र त्यो कुरा हुन्छ भन्ने आश्वासन पनि नेतृत्वले दिलाएको बताए। ‘त्यो सम्बन्धमा नेतृत्व तहले निरन्तर कुराकानी पनि गरिराख्या छौं,’ महतले भने, ‘जहाँ सुधाकारको आवश्ता छ, समन्वयको आवश्यकता छ । त्यो कुरा हुन्छ । गराउँछौं भन्ने नै कुरा भएको छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार