शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ललिता निवास प्रकरणः माधव, बाबुराम र लिलामणिविरुद्धको रिटको सुनुवाइ आज

ललिता निवास प्रकरणः माधव, बाबुराम र लिलामणिविरुद्धको रिटको सुनुवाइ आज

बैशाख ४, २०८२ बिहिवार
बैशाख ४, २०८२ बिहिवार
  • ललिता निवास प्रकरणः माधव, बाबुराम र लिलामणिविरुद्धको रिटको सुनुवाइ आज

    ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वयः माधव नेपाल र डा.बाबुराम भट्टराईविरुद्ध परेको रिटको सुनुवाइ आज हुँदैछ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीश टेकप्रसाद ढुंगाना र नित्यानन्द पाण्डेयको इजलासमा पेसी तोकिएको छ । दोस्रो नम्बरमा तोकिएको पेसीको आजै सुनाइ हुने सम्भावना बढी रहेको छ ।

    ललिता निवास जग्गा प्रकरणमा सीआईबीले गत वर्ष कर्मचारी र जग्गा किन्नेहरूलाई विपक्षी बनाएर मुद्दा दायर गरे पनि तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई र तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई उन्मुक्ति दिएको भन्दै रिट दायर भएको थियो । तीन जनाको यो पूर्ण इजसाल हो ।

    गएको फागुन १ गते नेपाल र भट्टराईविरुद्ध भ्रष्टाचार र लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा चलाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटमा न्यायाधीशद्वयः तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले पूर्ण इजलासमा सुनाइ गर्न आदेश दिएको थियो ।

    पूर्ण इजलासमा कम्तीमा ३ जना न्यायाधीश हुन्छन् । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा एक सय ७५ जनाविरुद्ध मुद्दा दायर गरे पनि नीगिगत निर्णय भन्दै तत्कालीन प्रधानमन्त्रीका हैसियतमा नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई चुनौती दिँदै अधिवक्ता बालकृष्ण न्यौपानलेले २९ माघ २०७६ मै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार