शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारेः प्रचण्ड

भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारेः प्रचण्ड

बैशाख २, २०८२ मंगलवार
बैशाख २, २०८२ मंगलवार
  • भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर सरकारबाट हट्न बाध्य पारेः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले  भ्रष्टाचारी, विचौलिया र दलालहरु मिलेर आफूहरुलाई सरकारबाट बाहिर जान बाध्य पारेको बताएका छन् । 

    हुलाकी लोकमार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान अन्तर्गत नवलपुर कावासोतीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै  अध्यक्ष प्रचण्डले भ्रष्टाचार विरोधी अभियान, सामाजिक न्यायको अभियान र आर्थिक विकासको अभियान चलाउँदैगर्दा आफूहरुलाई संविधान मिचेर रातको अध्याँरोमा छलछाम र  जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेको बताएका हुन् ।

    Photo (3).jpeg

    उनले भने, ‘भ्रष्टाचार विरोधी, सामाजिक न्याय र  आर्थिक विकासको अभियान चलाउँदै गर्दा भ्रष्टाचारीहरु, विचौलिया, दलालहरु मिलेर हामीलाई सरकारबाट बाहिर जान बाध्य पारियो । संविधान मिचेर रातको अध्यारोमा छलछाम र जालझेलको तरिकाले षडयन्त्र गरेर संख्याको बलमा सरकारबाट बाहिर पुर्याउने काम गरेका छन् ।’ 

    साथै उनले जनतासँग गहिरो सम्बन्ध बनाएर भ्रष्टाचारीका विरुद्ध फेरी लडाई लड्ने बताए । उनले  सुशासन, सामाजिक न्यायका पक्षमा लड्ने उद्देश्यले माओवादी अगाडि बढ्ने बताए ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार