शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

०८१ सालमा नेपाली फिल्म स्वदेशमा सफल, विदेशमा चुनौतिपूर्ण: अशोक शर्मा

०८१ सालमा नेपाली फिल्म स्वदेशमा सफल, विदेशमा चुनौतिपूर्ण: अशोक शर्मा

वितेको एक बर्षमा करिब ६२ वटा फिल्म रिलिज भए । तीमध्ये केही मात्र व्यावसायिक रूपमा असफल भए । बाँकी धेरैले लगानी उठाएका छन् । बिजनेसको हिसावले पनि अरु वर्षको तुलनामा २०८१ राम्रो भएको छ । राम्रो मुनाफामा कमाएका छन् ।

बैशाख १, २०८२ सोमवार
बैशाख १, २०८२ सोमवार
  • ०८१ सालमा नेपाली फिल्म स्वदेशमा सफल, विदेशमा चुनौतिपूर्ण: अशोक शर्मा

    आकांक्षा धामी । चलचित्र निर्देशक, निर्माता तथा डिजिटल सिनेमा नेपाल (डिसिएन) का प्रमुख अशोक शर्माले वर्ष २०८१ लाई नेपाली फिल्म उद्योगका लागि उपलब्धिमूलक र उत्साहजनक वर्षका रूपमा चित्रण गरेका छन् ।

     उनले वितेको वर्ष झन्डै ५ देखि ७ वटा नेपाली फिल्मले आशातित सफलतासहित बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको बताए । शर्माका अनुसार ‘पूर्णबहादुरको सारंगी’ फिल्मले ५० करोड रुपैयाँ ग्रस कलेक्सन गर्दै विगतका कैयौँ रेकर्ड तोडेको बताए । ‘यस्तो ग्रस कलेक्सन गर्ने फिल्म पाँचासात वर्षमा एक पटक मात्र आउने गर्छ,’ शर्माले भने, ‘यस फिल्मले नेपाली फिल्म बजारमा नसोचेको व्यापार गरेको छ ।’

    Photo (1).jpg

    ‘बोक्सीको घर’, ‘बाह्रगाउँ’, ‘अञ्जिला’ सफल सूचीमा
    शर्माले सफल फिल्महरूको सूचीमा ‘बोक्सीको घर’, ‘१२ गाउँ’, ‘छक्कापञ्जा’, ‘ज्वाईसाब’, ‘अञ्जिला’ लगायतका फिल्महरु समावेश गरे । यी सबै फिल्महरूले राम्रो व्यापार गर्दै आफ्नो लगानी मात्र सुरक्षित गरिरहेका छैनन्, मुनाफामा समेत गएको बताए । उनले भने, ‘करिब ६२ वटा फिल्म रिलिज भए, तीमध्ये केही मात्र व्यावसायिक रूपमा असफल भए, बाँकी धेरैले लगानी उठाएका छन् । बिजनेशको हिसावले पनि अरु वर्षको तुलनामा राम्रो भएको छ ।
    बोक्सीको घर, १२ गाउँ, छक्कापञ्जा, ज्वाईसाब, अञ्जिला, पूर्णबहादुरको सारंगी यस्ता थुप्रै फिल्महरुले व्यासायीक हिसावमा सफल भएर एकदमै  राम्रो  मुनाफामा गएका छन् । यसैगरी कति धेरै फिल्महरुले  आफ्नो लगानी सेफ गरको अवस्था छ २०८१ मा । यसैगरी धेरै फिल्महरुले लगानी उठाउन पनि सकेनन्  । समग्रमा हेर्दाखेरि फिल्म इन्डष्ट्रिका लागि एकदमै सुखद वर्ष मान्नुपर्छ ।’

    Photo (4).jpg

    अन्तर्राष्ट्रिय बजारमा अझै चुनौति
    शर्माका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मको उपस्थिति बढ्दो क्रममा भए पनि वितरकहरूको सक्रियता अभाव अझै देखिने गरेको बताए । ‘संसारभर नेपाली फिल्म रिलिज हुने अवस्था छैन् । अहिले पनि जोसँग सम्बन्ध छ, तिनकै फिल्म बाहिरका देशमा लाग्ने गरेका छन्, उनले भने, ‘अब यो क्षेत्रलाई व्यवसायिक मार्केटिङतर्फ लैजानु आवश्यक छ ।’

    नयाँ अनुहारको उदय
    यसैगरी उनले जुन कलाकार चलेको छ, उसको आम्दानी एकदमै राम्रो रहेको बताए । साथै उनले यस वर्ष प्रतिभाशाली नयाँ कलाकारसमेत चलचित्र क्षेत्रमा उदाएको  बताए । शर्माले समिर भट्टको चर्चा गर्दै भने, ‘संसारभर नै के चलन छ भने जुन कलाकार चलेको छ, उसको आम्दानी एकदमै राम्रो छ । जो चलेको छैन, उनीहरुको अवस्था त्यति राम्रो नहोला, निरन्तर रुपमा कति कलाकारहरुलाई फिल्ममा देखेका हुन्छाँै, त्यो कलाकारहरुको आर्थिक अवस्था राम्रो भएकै छ । फिल्ममा नयाँ आउने क्षमतावान मान्छेहरु छन् भने उसले पनि एक खालको स्थान बनाउन सक्छ । जस्तै समिर भट्टले आफ्नो छाप छोड्न सफल भएको देखिन्छ । यो हिसाबले यो वर्ष हामीले एउटा प्रतिभाशाली कलाकार पनि पाएका छौँ । अहिले जुन कलाकारहरुको माग छ, उनीहरुको अवस्था एकदमै राम्रो छ ।’ 

    रणनीतिमा कमजोरी
    शर्माले नेपाली फिल्म निर्माताहरूले एकै मितिमा धेरै फिल्म रिलिज गर्ने प्रवृत्तिबाट टाढा रहनुपर्नेमा जोड दिए । उनले बाहिर देशमा ठूला फिल्महरु कहिले पनि एउटै मितिमा रिलिज हुँदैनन् तर नेपालको निर्माता साथीहरुले यो कुरालाई कहिले पनि स्विकार नगरेको बताए ।

    उनले भने, ‘अर्को समस्या भनेको बाहिर देशमा ठूला फिल्महरु कहिले पनि एउटै मितिमा रिलिज हुँदैन् तर नेपालको निर्माता साथिहरुले यो कुरालाई कहिले पनि स्विकार गर्दैनन् । बैशाख १ गते एक दिन बिदा हुन्छ त्यसको लागि दुईवटा फिल्म बजारमा आएको छ, गएको दशैँमा हेर्ने हो भने छसात वटा फिल्म थियो । यो पनि हाम्रो निर्माताहरुको कमजोरी हो जस्तो लाग्छ, राम्रो फिल्म जहिले पनि चल्छ, त्यसको लागि बिदा भएपनि केही फरक पर्दैन, नभएपनि पर्दैन । 
    अब हाम्रो ध्यान राम्रो फिल्म बनाउनेतर्फ हुनुपर्छ । त्यसपछि बिदाको दिन मात्र फिल्महरु चल्छ भन्ने भ्रम हाम्रो हट्न सक्छ । बिदामा सामान्यतयाभन्दा अलिकति बढि हुनसक्छ तर त्यसले प्रभाव पार्दैन् । यदि तपाईंको फिल्म सहि छैन् भने तपाईँले जस्तो बिदाको बेला निकाले पनि चल्दैन् ।’ 

    Photo (5).jpg

    दर्शकको रोजाइ अनुसार बन्नुपर्छ 
    शर्माले भने, ‘दर्शकलाई राम्रो फिल्म चाहिएको हो, बिदाको मुखमा आएको फिल्म होइन । यदि फिल्म राम्रो छ भने बिदा होस् वा नहोस्, त्यो फिल्म चल्छ । यसको उल्टो पनि सत्य हो—फिल्म कमजोर भयो भने जति ठूलो बिदा भए पनि त्यो चल्दैन ।’ समग्रमा वर्ष २०८१ लाई अशोक शर्माले नेपाली फिल्म उद्योगको लागि ‘सुखद र सफल वर्ष’ को रूपमा हेरेका छन् । उनले भविष्यका लागि अझ व्यवस्थित र रणनीतिक सोचका साथ अघि बढ्न आग्रह गरे ।
    यसैगरी उनले देशको आर्थिक मन्दी र सरकारी बेवास्ताले चलचित्र क्षेत्र गम्भीर दबाबमा परेको बताए । उनले क्रयशक्ति कमजोर हुँदै जाँदा फिल्म हलसम्म दर्शकको पहुँच घटेको बताए ।

    ‘कोभिड अघि एक वर्षमा ११० वटा फिल्म रिलिज हुन्थे तर अघिल्लो वर्ष त्यो संख्या घटेर ४९ मा झ¥यो,’ शर्मा भन्छन्, ‘यो स्पष्ट संकेत हो कि हाम्रो उद्योग आर्थिक संकटसँग जुधिरहेको छ ।’ उनले सरकारप्रति गुनासो गर्दै भने, ‘सरकार सेवक होइन, मालिक बन्न खोजिरहेको छ । नीति निर्माणमा नागरिकको हित भन्दा सत्ताको सोच हावी छ ।’ शर्माले चलचित्र क्षेत्रमा आवश्यक पूर्वाधारको गम्भीर अभाव रहेको बताए । ‘हामीसँग न त स्तरीय स्टुडियो छन्, न आधुनिक उपकरण, न त दक्ष जनशक्ति उत्पादन गर्ने संस्था,’ उनले भने, ‘यो रचनात्मक क्षेत्र हो, यहाँ ज्ञान, सीप र प्रविधिको आवश्यकता पर्छ ।’

    उनका अनुसार, राज्यले अध्ययन, तालिम र प्रविधिका लागि अनुदानको व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । ‘सरकारले चाह्यो भने धेरै सम्भव छ, तर जति प्रयास गरे पनि राज्यको ध्यान कहिल्यै फिल्मतर्फ जाँदैन, सरकारको साथ र सही नीतिगत हस्तक्षेप भएमा नेपाली सिनेमा अझ धेरै गुणस्तरीय बन्न सक्छ ।’ ‘बोक्सीको घर’ बाट प्रारम्भ गरेको नेपाली फिल्म क्षेत्रले ‘कर्मा’ तथा ‘पिताम्बर’ नामक दुई ठूला फिल्मको प्रदर्शनसँगै वर्ष २०८१ लाई विदाई गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार