शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

शिक्षकहरूको माग सम्बोधन गर्न गगन थापाले दिए  सुझाव

शिक्षकहरूको माग सम्बोधन गर्न गगन थापाले दिए  सुझाव

चैत्र २९, २०८१ शुक्रवार
चैत्र २९, २०८१ शुक्रवार
  • शिक्षकहरूको माग सम्बोधन गर्न गगन थापाले दिए  सुझाव

    सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आन्दोलनरत शिक्षकका केही माग कानुन नबनाइ छिट्टै हल गर्न सकिने बताएका छन् ।

    १० दिनदेखि जारी शिक्षक आन्दोलनबारे भिडियो सन्देश दिँदै महामन्त्री थापाले उनीहरूले राखेका १५ बुँदे मागमध्ये कतिपय कानुन बनाइ मन्त्रिपरिषदले पनि घोषणा गर्न सक्ने उनले सुझाव दिएका छन् । बाँकी माग र पूर्व सहमति भएका विषयलाई विधेयकमार्फत छिटो पारित गर्ने प्रक्रिया अगाडि बढाउनु पर्ने उनको प्रस्ताव छ ।

    ‘शिक्षकले राखेका कतिपय मागका विषयलाई कानून नबनाइ हल गर्न सकिन्छ । उहाँहरूले राख्नु भएको मर्यादाक्रम, दरबन्दी मिलान, राहतको बिदा सञ्चितिजस्ता विषयलाई मन्त्रिपरिषद्ले निर्णय गर्न सक्छ । उहाँहरूका यी माग सम्बोधनको लागि केही स्रोतको मात्रै कुरा हो । तर यसले विश्वासको वातावरण बनाउन सकिन्छ,’ थापाले भनेका छन्, ‘केही दिनपछि संसद्को अधिवेशन प्रारम्भ हुन्छ । संसद्को मिति तय भएको सात आठ दिनमा शिक्षा विधेयक पारित हुन्छ भनेर अघि बढ्न सक्छौं । जसमा शिक्षक महासंघसँग भएको समझदारीअनुसार अगाडि बढाउन सकिन्छ ।’

    वैशाखको १८ गतेभित्र विधेयक पारित हुन्छ भन्ने भरोसा गराउँदा शिक्षकले पनि मान्ने र सांसदले पनि दिनरात नभनी विधेयक टुंग्याउन काम गर्ने उनी बताउँछन् । यसका लागि प्रधानमन्त्री, मन्त्री र सम्बन्धित पक्षले अग्रसरता देखाउनु पर्ने उनको भनाइ छ ।

    शिक्षकको मागको सम्बन्धमा लामो समय काम गर्न नसक्दा अहिलेको समस्या आएको उनले बताए । ‘हामीले छिट्टै शिक्षकको विषयलाई सम्बोधन गर्नुपर्थ्यो । तर हिजो सरकारमा आलोपालो बस्दा आवश्यक तदारुकता देखाउन सकेनौं,’ थापाले भने, ‘हिजो भएको गल्ती कमजोरीलाई सामूहिक प्रयासबाट सम्बोधन गरेर उहाँहरूलाई कक्षाकोठामा फकाउनु पर्छ । किनकि वैशाख २ गतेदेखि शैक्षिक सत्र शुरू हुने हुँदा शिक्षकलाई बाटो छिटो फर्काउनु पर्छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार