शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तीनकुनेको राजावादी प्रदर्शनः शिवसेना नेपालका मजदुर विभाग प्रमुख सापकोटा पक्राउ

तीनकुनेको राजावादी प्रदर्शनः शिवसेना नेपालका मजदुर विभाग प्रमुख सापकोटा पक्राउ

चैत्र २८, २०८१ बिहिवार
चैत्र २८, २०८१ बिहिवार
  • तीनकुनेको राजावादी प्रदर्शनः शिवसेना नेपालका मजदुर विभाग प्रमुख सापकोटा पक्राउ

    तीनकुनेमा भएको राजावादी आन्दोलनमा भीडलाई उत्तेजित बनाएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा ४६ वर्षीय मनोज सापकोटा रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए । सिरहाको मिर्चैया नगरपालिका–६ घर भएका उनी भक्तपुर लोकन्थलीमा बस्दै आएका थिए । उनले शंख फुक्दै भीडलाई उत्तेजित पारेको आरोप छ । मञ्चमा उभिएर उनले ‘अगाडि बढ्नुस्, यहाँ जनताले गोली खाइसक्यो, अश्रृग्याँस खाइसक्यो...अब सडकमा जाऔं, यहाँ भाषण गर्ने होइन’ भन्दै शंख फुकेर प्रदर्शनलाई उत्तेजित बनाएका थिए ।

    उनी शिवसेना नेपालको मजदुर विभागका प्रमुख तथा वीर गोर्खाली मिडिया प्रालिका सञ्चालक समेत रहेको प्रहरीले बताएको छ । पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
    १५ चैतमा तीनकुनेमा भएको प्रदर्शनमा आगजनी र तोडफोड भएको थियो भने दुई जनाको मृत्यु समेत भएको थियो ।

    यो प्रकरणमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महासचिव धवल शमशेर राणा लगायत ७५ बढी व्यक्ति पक्राउ परेका छन् । मुख्य नाइके भनिएका आन्दोलनका कमान्डर दुर्गा प्रसाईं भने फरार छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार