शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

यी राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् बिहीवारको राशिफल

यी राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् बिहीवारको राशिफल

चैत्र २७, २०८१ बुधवार
चैत्र २७, २०८१ बुधवार
  • यी राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् बिहीवारको राशिफल

    आज २८ चैत्र २०८१ बिहीवारको राशिफल

    मेष 
    कार्यक्षेत्रमा प्रतीक्षा गर्दा उत्साहजनक परिणाम मिल्नेछ। अध्ययन अध्यापनमा गुरुहरूको सहयोग मिल्नेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    मिथुन
    मनमा नयाँ विचारहरू उत्पन्न हुनेछन्। भविष्यलाई लिएर रूपरेखा कोरिनेछ। संगीत व कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    सिंह
     आज भाग्यले साथ दिनेछ। भाई बहिनीहरूसँग समय व्यतीत हुनेछ। बच्चाहरूको समय खेलकूदमा बित्न सक्छ। सरकारी नोकरीमा अधिकारी वर्गहरूबाट आश्वासन पाइएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    तुला
    समाजिक कार्यक्रममा उल्झेर समयमा कार्यसम्पादन नहोला। कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले अगाडि बढ्दा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

    धनु
     धन आर्जनका लागि नयाँ बाटोहरू खुल्नेछन्। विश्वास गरेका मित्रजनहरूबाट सजग रहनुहोस्। मनमा अज्ञात भय रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ
    मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। राजनीतिक क्षेत्रबाट लाभ मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग गाढा निलो हो भने शुभ अंक ७ रहेको छ।

    बृष
    बचन दिने बानीले अप्ठ्यारो परिस्थिति उत्पन्न होला। फिजुल खर्च गर्नदेखि बच्नुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट
    आजको दिन राम्रो रहनेछ। नोकरी वा पेशामा समयमा कार्य सम्पादन हुनाले मन प्रशन्न रहनेछ। साँझको समय आफन्तहरूसंग रमाइलो समय व्यतीत हुनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

    कन्या
     अरुलाई सल्लाह दिनदेखि बच्नुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। कार्यक्षेत्र वा व्यापार व्यवसाय दुवैतिर आफ्नो कुरा राख्दा सही भाषाको चयन गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

    बृश्चिक
     आफन्तजनहरूको भेटघाटले मन प्रसन्न रहनेछ। धर्मकर्ममा मन जानेछ। परिवार र मित्रजनबाट प्रेम वा साथ पाइनेछ। छोटो मिठो यात्राको योगछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    मकर
     व्यापार व्यवसायमा साझेदारसँग तालमेलमा कमी रहला सावधान रहनुहोस्। यात्रा गर्दा सजग रहनुहोस्। बोलीको विपरित अर्थ लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

    मीन
    कार्यक्षेत्रमा सफलताको लागि संघर्ष गर्नुपर्ला। आकस्मिक स्वास्थ्य समस्याले खर्च बढ्नेछ। सामाजिक कार्यमा उल्झेर घरपरिवारलाई समय दिन नसकिएला। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार