शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राप्रपालाई धन्यवाद दिदै मेयर बालेनको जवाफः कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर बस्दैनौं

राप्रपालाई धन्यवाद दिदै मेयर बालेनको जवाफः कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर बस्दैनौं

चैत्र २६, २०८१ मंगलवार
चैत्र २६, २०८१ मंगलवार
  • राप्रपालाई धन्यवाद दिदै मेयर बालेनको जवाफः कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर बस्दैनौं

    काठमाडौँ महानगरका मेयर बालेन शाहले बल्खुमा कार्यक्रमपछि राप्रपा आफैले सफा गरेकोमा धन्यवाद दिदै कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर नबस्ने बताएका छन् ।

    सामाजिक संजालमा लेख्दै बालेनले सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगरले चाहेको उल्लेख गरेका छन् ।   

    उनले भनेका छन्ः कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ ।

    बल्खुको कार्यक्रममा राप्रपाका नेताहरुले बालेन पत्र काट्न ठिक्क परेर बसेकाले आफ्ना कार्यकर्तालाई सफा गरेर जान निर्देशन दिएका थिए ।  जस अनुसार बल्खुमा आफुले गरेको फोहोर राप्रपा कार्यकर्ताले सफा गरेका छन् । 

    यसअघि चैत्र १५ गते तिनकुनेको कार्यक्रममा गरेको फोहोर बारे बालेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र काटेपछि राप्रपाले बालेनको आलोचना गर्दै आएका छन् । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार