शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रवि लामिछाने भैरहवा कारागार चलान

रवि लामिछाने भैरहवा कारागार चलान

चैत्र २५, २०८१ सोमवार
चैत्र २५, २०८१ सोमवार
  • रवि लामिछाने भैरहवा कारागार चलान

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज जिल्ला कारागार भैरहवा पुर्‍याइएको छ।

    शुक्रबार राति आफ्नै निवास काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई चैत २३ गते नै यति एअरलाइन्सको विमानमार्फत बिहान ९ः१२ बजे गौतमबुद्ध विमानस्थल अवतरण गराई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।

    सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज जिल्ला अदालत रुपन्देही लगेर थुनुवा पुर्जी दिई कारागार ल्याइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए । अब अदालतको फैसला नआउञ्जेल उनी सोही कारगारमा रहने छन् ।

    जिल्ला अदालत रुपन्देहीले बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश गरेपछि सरकारी वकिल कार्यालय रुपन्देही र लामिछाने दुवैले पुनरावेदनका लागि उच्च अदालतमा निवेदन दिएका थिए।

    जसउपर उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै गत शुक्रबार सुनुवाइ गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार