शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई, चितवन सभा नरोक्ने

रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई, चितवन सभा नरोक्ने

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • रास्वपा कार्यवाहक सभापतिको जिम्मेवारी अर्याललाई, चितवन सभा नरोक्ने

    राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो ।

    उच्च अदालत तुलसीपुर बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो । बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।


    यस्तै, आज चैत्र २३ गते शनिबार अपराह्न २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ । पक्राउ गर्न प्रहरी घरमै आइसकेपछि रविले सामाजिक सञ्जालमार्फत सभा नरोक्न भनेका थिए ।

    रवि पक्राउ परेपछि राति ११ बजे आकस्मिकरुपमा बसेको बैठक साढे १ बजेपछि सकिएको थियो । बैठकले सभा नरोक्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार