शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल

दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल

चैत्र २३, २०८१ शनिवार
चैत्र २३, २०८१ शनिवार
  • दश राशिहरुको लागि निकै राम्रो छ, पाथिभरामाताको दर्शन गर्दै हेर्नुहोस् आजको राशिफल

    आज - २३ चैत्र २०८१ शनिवारको राशिफल

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अरुको भर गरेर आफ्नो कार्य नछोड्नुहोला। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट सहयोग पाइएला। आध्यात्मिक ज्ञानमा रुचि बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अड्केको कार्य प्रारम्भ गर्नमा मित्रहरू सहायक बन्नेछन्। प्रशासनिक र राजकीय मामिलाहरू सुल्झिनेछन्। व्यापार व्यवसायमा दुविधामा रहेर कुनै निर्णय नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यापार व्यवसायमा मनग्य लाभ प्राप्त हुनेछ। कार्यक्षेत्रमा कार्यको व्यस्तताले घरपरिवारलाई समय दिन नसकिएला। आँटेको कार्य सम्पादन हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामूहिक कार्यमा सबैलाई साथमा लिएर चल्ने प्रयास गर्नुहोस्। अरुको मामलामा सकेसम्म आफू नपर्नुहोला। कार्यक्षेत्रमा समय अनुसार नचल्नाले पछाडि परिएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा कार्यको प्रशंसा हुनेछ। युवा वर्गहरूको ध्यान पढाइमा भन्दा मनोरञ्जनमा धेरै बित्नेछ। आफ्नो निजी धारणाहरू कार्यमा हावी हुन नदिनुहोला। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अड्केका कार्य पूरा हुनेछन्। व्यापार व्यवसायमा भविष्यलाई लिएर योजनाहरू कोरिनेछन्। सन्तानको प्रगतिलाई लिएर चिन्ता रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा कार्यको प्रशंसा हुनेछ। प्रभावशाली व्यक्तित्वसँगको भेटघाट प्रगतिमा सहायक हुनेछ। साना बालबच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यशैलीमा परिवर्तन हजुरको लागि लाभदायी रहनेछ। नोकरी वा पेशामा श्रम अनुरूप फल नमिल्ला। अरुको अप्ठ्यारो कार्य निर्वहन गर्नुपर्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा आत्तिएर कुनै निर्णय नलिनुहोला। पिता को साथ र सहयोग मिल्नेछ। जीवन साथीको व्यवहारले मन अशान्त रहनेछ। यात्रामा सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा योजनाबद्ध तरिकाले कार्य गर्नुहोस् सफलता मिल्नेछ। हातमा आएका अवसरहरू गुम्न सक्लान् सावधान रहनुहोस्। स्वास्थ्यलाई लिएर सजग रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामलाई प्रारम्भ गर्नुभन्दा चलिरहेको कार्यमा ध्यान दिनुहोला। उद्योग व्यापारमा नयाँ अनुबन्ध प्रगतिमा सहायक हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। जग्गा जमिनबाट सोचेजस्तो लाभ आर्जन गर्न नसकिएला। नयाँ कार्य थालनी गर्नु भन्दा अघि शुभचिन्तकहरूसँग परामर्श लिनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार