शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बंगलादेशमा जस्तै व्यवस्था पल्टिन्छ भनेर पूर्वराजाले दुर्गा प्रसाईं परिचालन गरेः शंकर पोखरेल

बंगलादेशमा जस्तै व्यवस्था पल्टिन्छ भनेर पूर्वराजाले दुर्गा प्रसाईं परिचालन गरेः शंकर पोखरेल

‘१५ गतेको घटनापछि बेला बेला बक्तव्य दिइरहने ज्ञानेन्द्रको बोली फुटेकै छैन’

चैत्र २०, २०८१ बुधवार
चैत्र २०, २०८१ बुधवार
  • बंगलादेशमा जस्तै व्यवस्था पल्टिन्छ भनेर पूर्वराजाले दुर्गा प्रसाईं परिचालन गरेः शंकर पोखरेल

    सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा घटेको घटनाको जिम्मेवारी पूर्वराजाले लिनुपर्ने बताएका छन् । पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले घटनाको जिम्मा शाहले नै लिनुपर्ने बताएका हुन् ।

    ज्ञानेन्द्रले नै दुर्गा प्रसाईलाई कमाण्डर तोकेकाले प्रसाईले जे गरे ज्ञानेन्द्रकै निर्देशनमा गरेको दावी गरे । पोखरेलले भने, ‘दुई जना युवाको ज्यान गयो । यसको कमाण्डर दुर्गा प्रसाईं थिए । ज्ञानेन्द्रले नै निर्मल निवास बोलाएर प्रसाईंलाई कमाण्डर तोकेका हुन् । त्यसकारण त्यहाँ प्रसाई र अरुले जे गरे पनि त्यो ज्ञानेन्द्र शाहकै निर्देशनमा भएको हो । राप्रपाको पनि होइन ।’

    बंगलादेशको नक्कल गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम छरेर प्रसाईलाई परिचालन गरिएको उनको भनाइ छ। ‘बंगलादेशमा जस्तै लुटपाट गर्दा व्यवस्था पल्टिन्छ भन्ने भ्रम राखियो । दुर्गा प्रसाईलाई परिचालन गरियो,’ उनले भने । ‘१५ गतेको त्यो घटनाको पछाडि बेला बेला बक्तव्य दिइरहने ज्ञानेन्द्रको बोली फुटेकै छैन,’ उनले भने, ‘जनताको कुरा गर्न उनलाई के समस्या ? उनले खटाएको मान्छेले मच्चाएको वितण्डाको बारेमा उनलाई थाहा नहोला ? उचालेका मान्छेले गरेको उत्पातबारे थाहा नहोला ? यस्ताले मुलुक र जनताको भविष्यको कुरा गर्ने ? यस्ता नालायक ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार