शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपा सांसद गौतमले मागिन् गृहमन्त्रीको राजीनामा

रास्वपा सांसद गौतमले मागिन् गृहमन्त्रीको राजीनामा

‘हिउँदे अधिवेशन नियन्त्रणमुखी भयो’

चैत्र १९, २०८१ मंगलवार
चैत्र १९, २०८१ मंगलवार
  • रास्वपा सांसद गौतमले मागिन् गृहमन्त्रीको राजीनामा

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा मागेकी छिन्। आज (मंगलबार) संसद भवन बाहिर सञ्चारकर्मीहरू कुरा गर्दै उनले गत चैत १५ गतेको प्रदर्शनका क्रममा गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मा लिन नसकेको जिकिर गरिन् ।

    प्रशासनले आवश्यक कामहरु पनि पूरा नगरेको र सरकारले लापरबही गर्दा कीर्तिपुरका सविन महर्जनको ज्यान गएको पनि उनले बताइन् । ‘उहाँले सुरक्षा संयन्त्रको जिम्मा लिन नसक्नु भएको स्पष्ट देखिन्छ । उहाँले मार्ग प्रशस्त गर्नु भए हुन्छ, राजीनामा दिए हुन्छ,’ सांसद गौतमले भनिन्, ‘अरु सक्ने मान्छेलाई जिम्मेवारी दिनु भए हुन्छ । यो सरकारकै पनि मन्त्रीहरू फेरबदल गर्ने, नेतृत्व बदल्ने बेला भए जस्तो हुन्छ ।’

    उनले प्रहरीको गोलीबाट मारिएका सविन महर्जनको बारेमा सरकारले एउटा भनेको र भिडियोको वास्तविकता फरक रहेको पनि जिकिरि गरिन् । ‘प्रशासन हुनुपर्ने ठाउँमा उपस्थित भएको छैन, त्यहाँ सरकार चुकेको छ । गोली लागेको कुरा छ । सविन महर्जनको कुरा छ । भिडियो नआउँदासम्म तपाईं हामीलाई थाहा थिएन,’ सांसद गौतमले भनिन्, ‘उहाँहरूले त दुईतर्फ झडप भएर गोली लागेको भन्ने किसिमको थियो । अहिले भिडियो फुटेजमा रियालिटी अर्कै छ । यसबाटै रियालिटी एउटा र भनिएको अर्को रहेछ भन्ने स्पष्ट हुन्छ ।’

    सांसद सोविता गौतमले संसदको हिउँदे अधिवेशन नियन्त्रणमुखी भएको आरोप लगाइन् । उनले रास्वपाको बुझाइमा यो अधिवेशन चुनौतिपूर्ण तथा नियन्त्रणमुखी रहेको बताइन् । उनले कानून निर्माणका केही प्रक्रियाहरू संसदीय अभ्यासअनुसार स्वाभाविक रूपमा केही अगाडि बढेको महसुस गरे पनि, अन्य धेरै विषयहरू नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भएको धारणा राखिन् ।

    रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएको निलम्बन प्रक्रियालाई पार्टीले नियन्त्रणमुखी महसुस गरेको उनले बताइन् । उनले भनिन्, ‘हाम्रो बुझाइमा यो अधिवेशन अत्यन्तै चुनौतिपूर्ण देखियो । कानून निर्माणका केही प्रक्रियाहरू स्वाभाविक रूपमा अगाडि बढेको महसुस गरिए पनि, धेरै विषयहरू नियन्त्रणमुखी ढंगबाट प्रस्तुत भए भन्ने हाम्रो बुझाइ छ । हाम्रो पार्टी सभापति रवि लामिछानेमाथिको निलम्बन प्रक्रिया पनि नियन्त्रणमुखी लागेको छ। त्यसकारण, संसदको गएको अधिवेशन अभ्यासका हिसाबले निकै चुनौतिपूर्ण र नियन्त्रणमुखी भएको महशुस गरेका छौँ ।’ सांसद गौतमले नेपालमा हरेक विषयलाई राजनीतिक दृष्टिकोणबाट हेर्ने प्रवृत्तिप्रति आपत्ति जनाइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार