शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

ममाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला रोकिएको छैन, कांग्रेस–एमाले दुई चोर मिलेर साधु हुँदैन - रवि लामिछाने

ममाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला रोकिएको छैन, कांग्रेस–एमाले दुई चोर मिलेर साधु हुँदैन - रवि लामिछाने

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • ममाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला रोकिएको छैन, कांग्रेस–एमाले दुई चोर मिलेर साधु हुँदैन - रवि लामिछाने

    ष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि सरकारले थालेको षड्यन्त्रको सिलसिला नरोकिएको बताएका छन् । पार्टी केन्द्रीय समितिको बैठकमा सहभागी हुन पार्टी कार्यालय पुगेका लामिछानेले समर्थकहरूलाई सम्बोधन गर्दै सरकारले अहिले पनि आफूमाथि षड्यन्त्र गरिरहेको बताएका हुन् ।

    ‘पाँच महिनाअघि सरकारले जबरजस्ती झुठा मुद्दा लगाएर यहीँबाट उठाएर लगेको थियो । सरकारको षड्यन्त्रको सिलशिला सकिएको छैन,’ उनले भने, ‘तर म जुनसुकै परिस्थितिको सामना गर्न तयार छु ।’

    Photo (8) (1).jpeg

    भ्रष्टाचारमा चुर्लुम्म डुबेकाहरूले आफूलाई जोगाउन वर्तमान सरकार गठन गरेको बताएका उनले कांग्रेस एमाले मिलेर सरकार बनाउँदा संसद्मा बलियो सशक्त सरकार बन्ने सम्भावना अन्त्य भएको चर्चा गरे ।  सभापतिको जिम्मेवारीमा फर्किएका रवि लामिछानेले कांग्रेस–एमालेले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । सोमबार पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा लामिछानेले आफूले लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न नछाड्ने बताए ।

    “लुटतन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामिछने चुप बस्दैन । लुटतन्त्रलाई टुलुटुलु हेर्न सकिनँ र निस्किएँ,” लामिछानेले भने, “चारवटा अदालतमा मुद्दा लगाएर शिरमाथि तरवार झुन्डिएको छ । तरवार झर्छ र काट्छ भने तयार छु, सम्मानित अदालतप्रति मेरो विश्वास छ ।”

    उनले रास्वपा बलेको आगो ताप्ने दल नभएको पनि बताए । उनले रास्वपाको गणतन्त्रप्रतिको निष्ठामा प्रश्न नगर्न पनि आग्रह गरे । “जहाँ आगो बल्छ, त्यही आगो ताप्न जाने मान्छे रवि लामिछाने होइन,” लामिछानेले भने, “गणतन्त्रवादी होइनौँ कि भनेर हिलो छ्याप्न खोज्नुभएको छ । तपाईंहरू गणतन्त्रवादी  होइन, लोकतन्त्रवादी होइन, लोकतन्त्र र गणतन्त्रको खोल ओढ्नुभएको छ ।”

    Photo (4) (1).jpeg

    दुई पार्टीले लोकतन्त्रको खोल ओढेको भन्दै उनले उनीहरूको लाइनमा उभिएर फोटो खिच्न आतुर नरहेको बताए । “उनीहरूले लुटतन्त्र मच्चाइरहेका छन् । यसका विरुद्ध लड्ने छौँ मर्नुपरे पनि तयार छौँ,” लामिछानेले भने, “रास्वपा फुटाउन सकिन्छ कि भनेर मानिसहरू लागिरहेका छन् । म यसबाट बच्नका लागि आह्वान गर्छु ।”

    आफूविरुद्धको मुद्दाप्रति आक्रोशित देखिएका उनले अदालतले लिएको धरौटीमा भने प्रश्न गरेनन् । “के चाहिएको यो सरकारलाई,” लामिछानेले प्रश्न गरे । उनले प्रमुख दुई पार्टीको सरकारले प्रतिपक्षविहीन बनाएको पनि बताए । रास्वपा भएकै कारण सदनको औचित्य देखिएको उनको तर्क छ ।

    “यो दुईवटा मुख्य पार्टी मिलेर बनेको सरकारले पार लगाउनेवाला छैन,” लामिछानेले भने, “दुईवटा चोर मिलेर साधु हुँदैन ।”  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार