शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राप्रपा सांसद शाहीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन एमालेको माग

राप्रपा सांसद शाहीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन एमालेको माग

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • राप्रपा सांसद शाहीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन एमालेको माग

     सत्तारुढ नेकपा एमालेले राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) को अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरेको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरहँदा फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाहलाई गरेको स्वागतलाई कथित भनेपछि राप्रपाले आपत्ति जनाएको थियो । त्यसपछि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गरे ।


    एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि संविधानमाथि गएर बोलेको भन्दै शाहीको अभिव्यक्ति हटाउन माग गरे । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनप्रति आपत्ति जनाए। ‘जिउँदै मान्छे जलाउने, आगजनी गर्ने राजावादीहरू हुँ भनेर हुँकार गर्ने गणतन्त्रको यो संसद्मा स्वीकार छैन,’ उनले भने, ‘म उहाँको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गर्छु।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार