शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

रास्वपा केन्द्रीय समिति बैठक बस्दै

चैत्र १८, २०८१ सोमवार
चैत्र १८, २०८१ सोमवार
  • रास्वपा केन्द्रीय समिति बैठक बस्दै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार बस्दैछ। रास्वपाले आजै दुइटा केन्द्रीय समिति बैठक राख्दैछ। केन्द्रीय समिति बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्नेछ।

    पार्टी सभापति रवि लामिछानेले पार्टी जिम्मेवारीमा फर्कंदैछन्। गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसमेत अभियोगमा उनी पक्राउ परेका थिए। त्यसयता पार्टीको कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी)ले सम्हाल्दै आएका थिए।

    सभापति लामिछाने जिम्मेवारीमा फर्कने भएपछि अर्यालले धन्यवाद दिने र बैठकको अध्यक्षता गराउने कार्यसूची छ। सभापति लामिछानेले अध्यक्षता गर्ने दोस्रो बैठकमा पार्टी र सदनको गतिविधिबारे तथा सदस्यहरूबाट आआफ्नो संक्षिप्त रिपोर्टिङ गर्ने कार्यसूची छ। त्यस्तै लिडरसिप एकेडेमीको फ्लो चार्ट र जनयात्रा कार्यक्रमबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

    चौथो कार्यसूचीमा पार्टीको राजनीतिक प्रतिवेदनमा आधारित देशव्यापी जागरण र बहसबारे छलफल गर्ने कार्यसूची छ। पाँचौं एजेन्डामा अधिवेशनरमहाधिवेशन कार्यतालिकाबारे छलफल हुनेछ। रास्वपाले आगामी वैशाख २५, २६ र २७ गते पहिलो महाधिवेशन गर्ने भनेर तयारी गरे पनि कार्यतालिकाअनुसार जिल्ला भेला, वडा र पालिका अधिवेशन हुन सकेको छैन। अहिलेसम्म ५ वटा पालिकाको अधिवेशन सकिएको छ। यस्तै विविध प्रस्तावमाथि विभिन्न विषयमा छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार