शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

स्वागत नेपाल रिहा

स्वागत नेपाल रिहा

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • स्वागत नेपाल रिहा

    राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका प्रवक्ता अधिवक्ता स्वागत नेपाल (भद्रप्रसाद) रिहा भएका छन् ।

    उनलाई आज (आइतबार) हिरासत मुक्त गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए । ‘राजावादीको प्रदर्शनस्थलमा उहाँ नदेखिनु भएको तथा त्यस दिन उहाँ परीक्षा दिन जानु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि हिरासत मुक्त गरिएको हो,’ अधिकारीले भने, ‘थप अनुसन्धानबाट उहाँको संलग्नता भेटिए फेरि पक्राउ गरेर कानूनी दायरामा ल्याउँछौं ।’

    शुक्रबार प्रहरीले नेपाललाई नियन्त्रणमा लिएपछि आफू उक्त दिन कार्यक्रमस्थल नगएको तथा परीक्षा दिन गएको दाबी गरेका थिए । प्रहरीले उनको दाबीलाई पुष्टि गर्न मोबाइलको लोकेशन समेत जाँच गरेको थियो ।

    तीनकुनेमा भएको हिंसात्मक आन्दोलनपछि उनीसहित राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा पनि पक्राउ परेका थिए । अरुलाई भने म्याद थपका लागि अदालत लगिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार