शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तीनकुने घटना छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन

तीनकुने घटना छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन

चैत्र १७, २०८१ आइतवार
चैत्र १७, २०८१ आइतवार
  • तीनकुने घटना छानबिन गरी कारबाही गर्न सरकारलाई निर्देशन

    यही चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गरी संलग्नलाई कानुनी दायरामा ल्याउन संसदीय समितिले निर्देशन दिएको छ ।

    आज आइतबार बिहान सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकबाट सरकारलाई यस्तो निर्देशन दिइएको हो ।

    ‘...उक्त दिनको घटनाको सत्यतथ्य छानबिन गरी संलग्न जोसुकैलाई पनि कानुनी दायरामा ल्याई हदैसम्मको कारबाही गर्न र यस प्रकारका घटनाहरू पुनः दोहोरिन नदिन समयमै त्यस्ता गतिविधि नियन्त्रण गर्ने गरी सुरक्षा व्यवस्था चुस्तदुरुस्त राखी तयारी अवस्थामा रहन समिति सरकारलाई निर्देशन गर्दछ’, समिति सभापति अम्मरबहादुर थापाले भने।

    प्रदर्शनक्रमका घटनाप्रति समितिले खेद प्रकट गरेको छ । ‘२०८१ चैत्र १५ गते शुक्रबारको दिन ज्ञानेन्द्र शाहको नाममा भएको अराजक गतिविधिबाट दुईजना नेपाली नागरिकले ज्यान गुमाउनुपरेको, सुरक्षाकर्मीहरू घाइते भएका र सार्वजनिक तथा निजी घर, सवारीसाधनलगायत सम्पत्तिमाथि आगजनी, तोडफोड, लुटपाटबाट भएको जनधनको क्षतिप्रति यो समिति गम्भीर बनेको छ’, उनले भने । प्रदर्शनक्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । समितिले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । घाइतेको उपचारका निम्ति आवश्यक प्रबन्ध मिलाउन पनि सरकारलाई निर्देशन दिइएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार