शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पूर्वराजालाई पक्राउ गरेर देखाउन सरकारलाई राप्रपाको चुनौती

पूर्वराजालाई पक्राउ गरेर देखाउन सरकारलाई राप्रपाको चुनौती

चैत्र १६, २०८१ शनिवार
चैत्र १६, २०८१ शनिवार
  • पूर्वराजालाई पक्राउ गरेर देखाउन सरकारलाई राप्रपाको चुनौती

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरेर देखाउन सरकारलाई चुनौती दिएका छन् ।

    आज (शनिबार) पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा पत्रकारहरूले सोधेको जिज्ञासामा उनले पूर्वराजा शाहलाई पक्राउ गरेर देखाउन चुनौती दिएका हुन् । उनले आफूले चुनाव जित्ने बहानाले मात्रै राजाको नाम नलिएको भन्दै राजसंस्था देशको आवश्यकता भएको बताए ।

    उनले तीनकुनेको घटनाका बारेमा पूर्वराजाको नाम जोडिएकोप्रति असन्तुष्टि व्यक्त गर्दै त्यसबारेमा आफ्नो कुनै टिप्पणी नभएको बताएका छन् । राजालाई कुनै पनि विवादमा तान्न नहुने उनको भनाइ छ । लिङदेनले भने, ‘हामीले कुनै व्यक्तिगत फाइदाका लागि राजसंस्था चाहिन्छ भनेको होइन । त्यसकारण मलाई कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नु हुन्न भन्ने कुरामा अहिले पनि स्पष्ट छु । राजालाई पक्राउ गरेर देखाउनु अनि शक्ति हामी देखाउँछौं ।’

    अध्यक्ष लिङदेनले तीनकुनेमा भएको प्रदर्शनमा सरकारले हिंसा भड्काएको आरोप लगाए । उनले हिंसा भड्काएको आरोपमा सरकारले पक्राउ गरेको नेता रवीन्द्र मिश्र, डा. धवल समशेर राणा र अधिवक्ता स्वागत नेपाललाई २४ घण्टाभित्र रिहा नगरे पार्टीले देशभर विरोधका कार्यक्रम शुरु गर्ने चेतावनी दिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार