प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि राजावादी समूहको प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थिएको छ।
प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।
प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले झन्डै ४–५ सेल अश्रुग्यास प्रहार गरेको थियो ।
यसअघि पनि उनीहरूलाई जिल्ला सुरक्षा समितिले उपलब्ध गराएको तीनकुने क्षेत्र फर्काउन प्रहरीले सामान्य बल प्रयोग गरेको थियो । प्रहरीले बल प्रयोग गरेपछि उनीहरू पछि हटेका छन् ।
अहिले काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच भएको झडप साम्य भएको छ ।प्रदर्शनकारीहरूले प्रहरीले लगाएको सुरक्षा ब्यारियर तोड्न खोजेका थिए ।