शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

समाजवादी मोर्चाको आन्दोलन जनताका लागि हो, राजतन्त्र इतिहास भइसक्योः अग्नि सापकोटा

समाजवादी मोर्चाको आन्दोलन जनताका लागि हो, राजतन्त्र इतिहास भइसक्योः अग्नि सापकोटा

चैत्र १४, २०८१ बिहिवार
चैत्र १४, २०८१ बिहिवार
  • समाजवादी मोर्चाको आन्दोलन जनताका लागि हो, राजतन्त्र इतिहास भइसक्योः अग्नि सापकोटा

    प्रमिला काकी । माओवादी केन्द्र उपाध्यक्ष अग्निप्रसाद सापकोटाले शुक्रबार समाजवादी मोर्चा नेपालले शुक्रबार चैत्र १५ गते काठमाडौंमा गर्ने प्रदर्शनको तयारी अन्तिम चरणमा रहेको जनाएका छन् । सापकोटाले चैत्र २४ गते वृहत प्रदर्शन र जनसभालाई अगाडि सारेर शुक्रबार नै गर्न लागेको जानकारी दिए ।

    Agni Sapkota   (1).jpg

    ‘चैत्र २४ गते वृहत प्रदर्शन र जनसभा गर्ने भनिरहेका थियौ । त्यसलाई अलि अगाडि १५ गते लाई सारेका हौं । त्यसपछि पार्टीको अभियानलाई निरन्तरता दिनेछौं ।  प्रदर्शनका लागि तयारी घनिभूत रुपमा भइरहेको छ । हाम्रो पार्टीको तर्फबाट पनि धेरै राम्रो तयारी भइरहेको छ । र अन्य पार्टीहरुले पनि राम्रो तयारी गरिराख्नुभएको छ । समाजवादी र नेपाल कम्युनिष्ट पार्टी सी ,जनता समाजवादी पार्टी सबैले अत्यन्तै ठूलो महत्वपूर्ण र प्राथमिकताका साथ तयारी गरिरहनुभएको छ,’ उनले भने ।

    Agni Sapkota   (3).jpg

    राजावादीको कार्यक्रम आफूहरुलाई थाहा नभएको भन्दै सापकोटाले एकैदिन पार्ने कुरालाई धरपकडसँग जोड्न नमिल्ने बताए । ‘परिस्थितिलाई उत्तेजित पार्ने ,परिस्थिति भड्कन नदिनेगरी काम गरिरहेका छौं । व्यवस्थित सालिन, भद्र हुने छ । स्तरीय हुने छ,’ उनले अगाडि भने,‘जनतामा देखिएको निराशा, असन्तुष्टि आक्रोश पनि सम्बोधन गर्नेछौं । त्यसैले यो प्रदर्शन कार्यनीति र रणनीतिक हिसाबले महत्वपूर्ण छ,’ उनले भने ।  प्रदर्शन समाजवादको आधार तयार पार्ने एउटा प्रस्थान विन्दु पनि भएकाले देखिएका विकृति विसङगतिहरुको विरुद्ध केन्द्रित हुने उनको भनाइ छ । त्यसैले प्रदर्शन बहुआयामिक महत्वको रहेको र १५ गतेको आन्दोलन सामान्य नभएको उनको बुझाइछ ।

    सरकारको नालायकीपनले गर्दा कुशासनले गर्दा जनतामा व्यापक निराशा, असन्तुष्टि, आक्रोसका लागि प्रदर्शन उपयोगी हुने उनले जानकारी दिए ।  ‘यही मौका पारेर इतिहासमा थन्क्याइएको राजतन्त्र फिर्ता गर्नुपर्छ भनेर केही मान्छे लागेका छन् । त्यसको कुनै आधार छैन् । बीना आधार उनीहरु उत्साहित भइरहेको छन् । यो निरर्थक छ । किनकी अहिलेको यो असन्तुष्टि व्यववस्थाप्रतिको, लोकतन्त्रप्रतिको,गणतन्त्र संघीयता धर्मनिरपेक्षताप्रतिको असन्तुष्टि होइन् । यो सरकारले जुन उल्टो गति लिइरहेको छ । यसले गर्दा जनतमा व्यापक असन्तुष्टि भएको बेलामा धमिलो पानी बनाएर माछा मार्न सकिन्छ कि भनेर लागेका छन्,’ उपाध्यक्ष सापकोटाले भने,‘इतिहास भइसकेको राजतन्त्र फर्काउने कल्पना पनि गर्न सकिँदैन् । युवाहरु यथास्थितिवादी सोचको विरुद्धमा छन् । तर त्यसको अर्थ उनीहरु पछाडि फर्कन चाहदैनन् । अगाडि जान चाहन्छन् । अझ समुन्नत लोकतन्त्र स्थापना बनाउन आफ्नो अभिमत राखिरहेको छन् ।’

    Durga-Prasain-Nabaraj-Subedi2025-03-25-15-19-04.jpg
    वर्तमान राष्ट्रिय राजनीतिक परिस्थिति असाध्यै धेरै अन्योलपूर्ण, जटिल र पेचिलोे बन्दै गइरहेको साथै जनताले सरकारमाथि प्रश्न गरिरहेकाले आन्दोलन उपयोगी भएको उनको भनाइछ । लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र भएकाले लोकतन्त्रको विकल्प पछाडि फर्कने हुन नसक्ने उनले बताए ।  नयाँ युवा युवतीहरुको चाहानाहरु पूरा गर्नका लागि यथास्थितीवादबाट अगाडि बढ्नैपर्ने, नयाँपन दिनैपर्ने भएकाले माओवादी केन्द्रले सोही अनुसार काम गरिरहेको पनि बताए ।  नेपाली समाजलाई अगाडि बढाउन समाजवाद बाहेक अर्को व्यवस्था नभएकाले समाजवादमा न्याय र निष्पक्षता हुने उनको जिकिर छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार