शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images
अन्तर्वार्ता:

विश्व रंगमञ्च दिवसः नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो

विश्व रंगमञ्च दिवसः नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो

चैत्र १४, २०८१ बिहिवार
चैत्र १४, २०८१ बिहिवार
  • विश्व रंगमञ्च दिवसः नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो

    प्रमिला कार्की । पछिल्लो समय नेपालमा रंगमञ्चको क्षेत्रमा सम्भावनासँगै चुनौती पनि बढिरहेको छ । चुनौतीसँगै रंगमञ्चको सङख्या बढेसँगै क्षेत्र भने फराकिलो बन्दै गएको छ । नाटकमा दर्शकहरुको रुची बढिरहेको छ ।रंगकर्मीहरुको संघर्ष पनि निकै गर्व गर्न लायक छ ।

    अहिले रंगमञ्चमा आउने कलाकारले रंगमञ्चलाई फिल्ममा जाने खुड्किलोको रुपमा मात्र लिएको भन्दै यस्तो गर्नु गलत ।

    रंगमन्चको संख्या बढ्नु र रंगकर्मीहरु यतातिर आकर्षित हुनु सकरात्मक देखिएपनि दर्शकहरुको रुची अनुसारको नाटक अझै बन्न नसकिरहेको स्वयम रंगकर्मीहरु नै पनि स्विकार्ने गर्छन् । रंगमञ्चकर्मी सृजना अधिकारीले पछिल्लो समय नेपालमा रंगमञ्चको अवस्था सुदृढ हुँदै गएको भएतापनि गुणस्तरीय र फरक शैलीका नाटक भने दिन नसकेको स्वीकार्छिन् । 

    Sirjana Adhikari  (6).jpg

    नाटकमा वहस र अन्तरक्रिया एकदमै आवश्यक रहेको भन्दै त्यसो गरेमात्र आउने दिनहरुमा रंगमञ्चको क्षेत्रमा काम गर्न सहज हुने उनको विश्वास छ ।  उनले भनिन्, ‘यतिबेला नेपाली रंगमञ्चको अवस्था सामान्य छ । पहिलेको तुलनामा अहिले धेरै रंगमञ्चहरु खुलेका छन् । कलाकारहरुको संख्यापनि बढ्दो छ तर क्वालिटी अलि दिन नसकेको हो कि जस्तो लाग्छ । एउटै जनरलका फिल्महरु पनि बनिरहेको हुन्थ्यो कुनै समय त्यस्तै अहिले नाटकमा पनि एउटै जनरलको नाटकहरु मन्चन भइरहेको हो कि जस्तो लाग्छ । त्यसैले सुधार गर्नुपर्ने विषयमा वहस जरुरी भइसकेको छ ।’ त्यस्तै पछिल्लो समय नाटकमा नै बसेर जीविकोपार्जन गर्न कठिन भएको कारण नाटकबाट उदाएका कलाकारहरु फिल्म क्षेत्रमा लाग्ने र नाटकमा नफर्कने समस्या बढिरहेको सुनिन्छ । तर यसमा रंगमञ्चकर्मी अधिकारी भने विमति राख्छिन् । 

    उनले भनिन्, ‘यसमा म चाँही सहमत छैन् । नाटकक्षेत्रमा जीविकोपार्जन गर्न पैसा नै छैन भन्नुहुन्छ कतिजनाले यस्तो कुरा हामीले पहिल्यैदेखि सुन्दै आइरहेका छौं ।  हाम्रो सिनियरहरुले त्यही नै भन्नुहुन्थ्यो । त्यसलाई स्वीकार गरेर आएका हौं । मैले काम गरेको १८ वर्ष जति भयो, आजसम्म पनि छु । पैसा नभएर त होइन नि । यति धेरै रंगमञ्चहरु खुलिरहेको छ, बिना पैसा त खुल्दैनन् । पैसा छैन भन्दाभन्दै बिना पैसा कसले काम गर्छ त,’ उनले भनिन्, ‘त्यसमा परिधिहरु फरक छन होला माध्यमहरु फरक छन् होला तर पैसा छ । अहिलेको अवस्था चाँही कसरी अगाडि लैजाने पैसा अनुसारको काम कसरी दिने भन्ने नै हो । म सर्भाइभ भइरहेको छु भनेपछि पैसा त छ नि । कुन तहको डिमान्ड गर्ने भन्ने चाहीं आफैंमा निर्भर गर्ने कुरा हो । सामान्य जीवन बिताउनको लागि सबैलाई पुगिरहेको छ ।’
    उनले अहिले रंगमञ्चमा आउने कलाकारले रंगमञ्चलाई फिल्ममा जाने खुड्किलोको रुपमा मात्र लिएको भन्दै यस्तो गर्नु गलत भएको बताइन् । राम्रो मेहेनत गरेर काम गरेको खण्डमा माथि पुग्छौं । त्यतिकै चमत्कार हुँदैन भन्ने कुराको हेक्का सबै कलाकारमा हुनुपर्ने उनको भनाई छ ।

    ‘डिलिङ कसरी गर्ने भन्ने कुरा नै चुनौतीको रुपमा छ । नाटकहरु कस्तो तरिकाले ल्याउन सकिन्छ, सँधै एउटै खालको नाटक गर्ने कि नगर्ने अब कसरी जाने त्यो अहिले नाटकको क्षेत्रमा खड्किएको कुरा हो । हिजोआज अग्रजहरु देख्न पाइँदैन् । पहिला पहिला कलेजहरु सबै उर्लिएर आउनुहुन्थ्यो नाटक हेर्न अहिले माहोल छैन् । त्यो हामीले दिन नसकेको हो, यसमा कसरी पार गर्ने सबै रंगमञ्चकर्मीहरुले सोच्ने विषय हो, समय पनि आएको छ ।’

    यसमा थप्दै उनले भनिन्, ‘नाटकमा नै फोकस गरेर काम गरौ न भन्ने टीमवर्कमा काम गर्ने भनेर आउनुहुन्थ्यो भने अहिले चाँही रंगमञ्च फिल्ममा जाने खुड्किलो मात्र भएको छ । खुड्किलो मात्र होइन राम्रो मेहेनत गरेर अभिनय देखाउन सकियो भने रंगमन्चबाटै चमत्कार गर्न सकिन्छ ।’ उनले नेपाली सिनेमा क्षेत्रमा नाटकबाट गएका कलाकारहरुको सशक्त भूमिका रहेको भन्दै भनिन्, ‘अहिले फिल्म क्षेत्रमा पढेर बुझेर नै जाने क्रम बढेको छ । नाटकबाट जानुभएको कलाकारहरुले फिल्ममा राम्रो गरिराख्नुभएको छ । आफ्नो स्थान बनाइराख्नुभएको छ ।’

    Sirjana Adhikari  (2).jpg

    त्यस्तै, तपाई फिल्म र नाटक कुनमा बढि सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा उनले भनिन्,‘नाटक भनेपछि रगतमा नै बसेको छ । आनन्द महशुस गरिन्छ । कलाकार भएर सबै काम गर्नुपर्यो । नाटकमा चाँही फ्लोमा बग्न पाइन्छ । आफ्नो हिसाबले काम गर्न पाइन्छ । फिल्ममा अलिकति टेक्निकल पनि काम गर्नुपर्छ । दुवैमा सन्तुष्ट छु ।’

    रंगमञ्च सम्भावना भएको क्षेत्र भएकाले मार्केटिङ गर्न सकियो भने अझ धेरै राम्रो हुने उनको बुझाई छ ।  ‘रंगमञ्च सम्भावना नभएको क्षेत्र होइन । नाटकमा बुझ्ने पढ्ने सिक्ने सबै प्याकेजको रुपमा पाइन्छ । जीवन बुझ्नका लागि नाटक चाहिन्छ । फिल्ममा जान प्रयोग गरिरहेको पनि छन् । मार्केटिङ गर्न सकियो भने अझ धेरै राम्रो हुने सम्भावित क्षेत्र हो ।’

       ‘अहिलेको सन्दर्भमा फिल्म क्षेत्रमा रङ्गमञ्चबाट गएका कलाकारहरु पनि धेरै मात्रामा छन् । मेरो लागि नाटकघर भनेको बाँच्न सिकाउने ठाँउ हो जस्तो लाग्छ । किनभने घर बलियो बनाउनको लागि जग बलियो हुनुपर्छ रङ्गमञ्च भनेको जग हो त्यो बिना हामीले सिनेमामा पनि काम गर्न सक्दैनौ । यसको साथै यस सम्बन्धीको पढाइ पनि एकदमै जरुरी हुन्छ । म रङ्गमञ्च र फिल्म दुवैमा रमाउने मान्छे हो ।’ 

    सँधै एउटै खालको नाटक भएको गुनासो आइरहेका बेला नयाँ शैलीका नाटकहरु ल्याउनु चुनौती रहेको उनले बताइन् । नाटकमा पहिलेको जस्तो हेर्न आउनेको माहोल नभएको भन्दै यसमा सबै रंगमञ्चकर्मीहरुले सोच्ने समय आएको उनको ठम्याई छ  ।  उनले भनिन्, ‘डिलिङ कसरी गर्ने भन्ने कुरा नै चुनौतीको रुपमा छ । नाटकहरु कस्तो तरिकाले ल्याउन सकिन्छ, सँधै एउटै खालको नाटक गर्ने कि नगर्ने अब कसरी जाने त्यो अहिले नाटकको क्षेत्रमा खड्किएको कुरा हो । हिजोआज अग्रजहरु देख्न पाइँदैन् । पहिला पहिला कलेजहरु सबै उर्लिएर आउनुहुन्थ्यो नाटक हेर्न अहिले माहोल छैन् । त्यो हामीले दिन नसकेको हो, यसमा कसरी पार गर्ने सबै रंगमञ्चकर्मीहरुले सोच्ने विषय हो, समय पनि आएको छ ।’  उनले देशमा सरकार नै स्थिर नरहेको अवस्थामा सरकारबाट कुनै सहयोगको अपेक्षा राख्नु नै गलत हुने धारणा पनि राखिन् । 

    Sirjana Adhikari  (1).jpg

    यस्तै, कलाकार तथा रङ्गमञ्चकर्मी प्रमोद अग्रहरी दिल्लीमा गएर नाटक सम्बन्धी पढेपछि २००७ बाट रङ्गमञ्चको यात्रा सुरु गरेको बताएका छन् ।  उनले आफ्नो नाटकको यात्रा सुनाउदैँ गर्दा पहिलाको नाटक र रङ्गमञ्च शुद्ध हुने गरेको भन्दै पछिल्लो समय यो क्षेत्र व्यापारिकणको चपेटामा परेको उल्लेख गरे ।  साथै डाइरेक्सन र नाटकको लागि तीनचार महिनाको बुझाईले नपुग्ने त्यसको लागि एकदमै ठूलो तपस्या गर्नुपर्ने भन्दै अहिलेको नयाँ पुस्तामा त्यो कुराको कमि देखिएको पनि उनको भनाइ छ ।

    Pramod  Agrahari  1.jpg

    ‘पछिल्लो समय जुन नाटकहरु भइरहेका छन् ति स्तरीय नभएजस्तो लाग्छ । म आफै नाटकहरु हेर्न गएको छैन् । यसको कारण अहिले सिक्दै गरेकाहरुकोे कामले डाइरेक्सन तीनचार महिनामा बुझ्न सक्दैनन् । त्यसका लागि एकदमै ठूलो तपस्या नै गर्नुपर्छ,’ उनले थपे ‘पहिला एकदमै शुद्ध काम हुन्थ्यो जस्तो लाग्थ्यो तर अहिले व्यापारीरकण बढि भयो जस्तो लाग्छ । देखावटी बढि नै भयो ।’  नाटक घर र रङ्गमञ्च भन्ने वित्तिकै विद्रोह गर्ने ठाँउ हो, जहाँ समाज र आफ्नो रुपान्तरण हुन्छ तर यसलाई व्यापारीकरण गरिएको पनि उनको गुनासो रहेको छ ।

    Pramod  Agrahari  1.jpg

    यस्तै, उनले घर बनाउनको लागि सबैभन्दा महत्वपूर्ण कुरा जग भएको भन्दै अभिनयको जग नाटकघर र रङ्गमञ्चबिना कुनै सिनेमा र कलाकार बन्न नसक्ने बताए ।  उनले भने, ‘अहिलेको सन्दर्भमा फिल्म क्षेत्रमा रङ्गमञ्चबाट गएका कलाकारहरु पनि धेरै मात्रामा छन् । मेरो लागि नाटकघर भनेको बाँच्न सिकाउने ठाँउ हो जस्तो लाग्छ । किनभने घर बलियो बनाउनको लागि जग बलियो हुनुपर्छ रङ्गमञ्च भनेको जग हो त्यो बिना हामीले सिनेमामा पनि काम गर्न सक्दैनौ । यसको साथै यस सम्बन्धीको पढाइ पनि एकदमै जरुरी हुन्छ । म रङ्गमञ्च र फिल्म दुवैमा रमाउने मान्छे हो ।’ 
    यस क्षेत्रमा राज्यको ध्यान नगएकोतर्फ पनि उनले दुख व्यक्त गरे । यस क्षेत्रमा राज्यले जति ध्यान दिनुपर्ने थियो त्यो हिसाबको नभएको उनको बुझाई रहेको छ ।

    उनले भने, ‘राज्यबिना हामी केही होइनौं, न सिनेमामा केही हुन्छ न नाटकघरहरुमा केही हुन्छ । त्यसकारण यसका लागि राज्यले सजिलो वातावरण भने बनाइदिनुपर्छ । नेपाली सिनेमा र रङ्गमञ्चहरुका लागि सरकारी निकायबाट केही कामहरु गर्नुपर्छ जस्तो लाग्छ ।’  उनले रङ्गमञ्च दिवसको अवसरमा सबै रङ्गमञ्चकर्मीहरुलाई एकमुष्ट रुपमा शुभकामना पनि दिएका छन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार