कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको विरोधमा प्रतिपक्षी दलहरुले राष्ट्रिय सभा बैठक पनि अवरुद्ध पारेका छन् ।
बैठक सुरु हुनासाथ सांसदहरु उठेका थिए । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले माओवादी केन्द्रका सांसद गोपी सार्की अछामीलाई बोल्ने समय दिए ।
अछामीले सरकारले पूर्वाग्रह राखेर घिसिङलाई पदबाट हटाएको भन्दै विरोध जनाएका छन् । यसबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनले माग गरे ।
यसअघि प्रतिनिधि सभा बैठक पनि प्रतिपक्षी दलहरुले अवरुद्ध गरेका थिए । ३० मिनेटका लागि स्थगित गरिएको प्रतिनिधिसभा वैठक अझै सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्