नेपाली बजारमा आज बुधबार सुनचाँदीको भाउ बढेको छ ।
मङ्गलबारको तुलनामा आज छापावाल सुन तोलामा २ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि भने १ लाख ७३ हजार ३ सय रुपैयाँ थियो । यता, चाँदी पनि तोलामा १० रुपैयाँ बढेर १ हजार ९९० रुपैयाँ पुगेको छ ।
यसअघि तोलामा १ हजार ९८० रुपैयाँ थियो ।
प्रतिक्रिया दिनुहोस्