शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित

    नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् ।
    सोमबार राति सम्पन्न अधिवेशनबाट  पाण्डे सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् ।

    अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई समर्थन गरेका थिए । राईले संगठनको हितको लागि आफूले अध्यक्ष पदको दाबी छाडेको बताएका थिए ।  अधिवेशनबाट उपाध्यक्षमा चेतन अधिकारी र कृपा भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । महासचिव हिरामान लामा दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् ।

    उपमहासचिवमा हरिबल्लभ नेपाल सर्वसम्मत हुँदा सचिवहरूमा विष्णु तारुके, प्रदीप आचार्य, विक्रम लुइँटेल र नरेश भण्डारी पनि सर्वसम्मत निर्वाचित भएका छन् ।  संगठनमा वरिष्ठ नेताको हैसियत हुने गरी विश्वमणि सुवेदीलाई निवर्तमान अध्यक्ष पछिको स्थानमा राख्ने निर्णय हलले पारित गरेको छ । नेकपा एकीकृत समाजवादी निकट प्रेस संगठन नेपालको अध्यक्ष बनेका सुवेदी सिङ्गो टिम सहित केही समय अघि प्रेस चौतारी नेपालमा नै फर्किएका थिए । 

    Photo (2).jpeg

    केन्द्री समिति पदाधिकारी पछिको वर्यादमा रहने गरी शिवशक्ति आचार्य र निरकराज जोशीलाई सचिवालय सदस्य तोकिएको छ । बाँकी ५ सदस्य सचिवालय भने चयन गरिने कार्यक्रममा अध्यक्ष मण्डलका सदस्य गणेश बस्नेतले जानकारी दिए । 

    ९९ सय सदस्सीय  केन्द्रीय समितिका सबै प्रदेशका इञ्चार्जको जिम्मेवारी पनि तोकिएको छ । जस अनुसार केन्द्रीय सदस्य नूतन श्रेष्ठलाई कोशी प्रदेश इञ्चार्ज, अच्युत पौडेललाई मधेस प्रदेश प्रतिमा सिलवाललाई वाग्मती प्रदेश, गणेश पौडेललाई गण्डकी प्रदेश, टीकाबहादुर बस्नेतलाई लुम्बिनी प्रदेश, याम शर्मालाई कर्णाली प्रदेश, दिलबहादुर छन्त्याललाई सुदूरपश्चिम प्रदेश, हेमराज सिलवाललाई उपत्यका प्रदेश, एसिमा महतलाई प्रतिष्ठान प्रदेश र रघुनाथ सापकोटालाई एसोसिएट प्रदेश इञ्चार्ज तोकिएको छ । 

    Photo (3).jpeg

    महाधिवेशनले अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र नीति अनुसन्धान आयोगका पदाधिकारी र सदस्यहरू पनि सर्वसम्मत रूपमा चयन गरेको छ ।  संगठनको हीत र समायोजन भएर आएकालाई समेत व्यवस्थापन गर्नका लागि सर्वसम्मत नेतृत्व चयन गरिएको नेकपा एमाले जनसंगठन विभाग प्रमुख भानुभक्त ढकालाले बताए । उनले संगठनलाइ थप मजबुद बनाएर लैजान पनि आग्रह गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार