शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

किन बैंकक जाँदैछन् प्रधानमन्त्री ओली?

किन बैंकक जाँदैछन् प्रधानमन्त्री ओली?

चैत्र ११, २०८१ सोमवार
चैत्र ११, २०८१ सोमवार
  • किन बैंकक जाँदैछन् प्रधानमन्त्री ओली?

    प्रधानमन्त्री केपी शर्मा ओली चैत १९ गते बैंकक जाने भएका छन् । विमस्टेकको छैटौं सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली नेतृत्वको टोली थाइल्याण्डको राजधानी बैंकक जाने भएका हुन् ।

    आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको बैंकक भ्रमण स्वीकृत गरेको स्रोतले जानकारी दिएको छ। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीको भ्रमण टोली एक सय सदस्यीय हुनेछ । विमस्टेकमा नेपालसँगै भारत, बंगलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्याण्ड रहेका छन् । आयोजक थाइल्याण्डले चैत २० देखि २२ गतेसम्म छैटौं विमस्टेक सम्मेलन आयोजना गर्दैछ ।

    सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकमा परराष्ट्रमन्त्री डा। आरजु राणा लगायतका मन्त्रीहरू सहभागी हुनेछन् । उनले भने, ‘२०८१ चैत्र १९ देखि २३ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा हुने बिमस्टेक बैठकमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा बिमस्टेक छैटौँ सम्मेलनमा सहभागी हुने प्रतिनिधि मण्डलको भ्रमण स्वीकृति गर्ने । सो भ्रमणमा परराष्ट्रमन्त्री लगायत सहभागी हुने ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार