खानेपानीमन्त्री प्रदीप यादव र सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्यबीच आज आर्थिक वर्ष २०८२/८३ का लागि कार्यसम्पादन सम्झौता आदानप्रदान गएको छ ।
मन्त्रालयको सभाहलमा मन्त्री यादवसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव ई बज्राचार्यले कार्यसम्पादन सम्झौता आदानप्रदान गरेका हुन् ।
सोही क्रममा मन्त्री यादवले आर्थिक वर्ष २०८२/८३ मा गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन र आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन समेत दिए ।
सचिव ई बज्रचार्यले चालू आर्थिक वर्षमा कार्य लक्ष्य हासिल गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन । मन्त्री यादवले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।