मंगलवार, भाद्र ३ २०८२
मंगलवार, भाद्र ३ गते २०८२

२०८२, भाद्र ३ गते

19th Aug 2025

    मंगलवार, भाद्र ३ २०८२

उपसभामुख हटाउने सत्ता पक्षको प्रयास असफल पार्ने विपक्षी दलहरुको निर्णय

उपसभामुख हटाउने सत्ता पक्षको प्रयास असफल पार्ने विपक्षी दलहरुको निर्णय

भाद्र ३, २०८२ मंगलवार
भाद्र ३, २०८२ मंगलवार
  • उपसभामुख हटाउने सत्ता पक्षको प्रयास असफल पार्ने विपक्षी दलहरुको निर्णय

    विपक्षी दलहरुले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कांग्रेस-एमालेको प्रयास असफल पार्ने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको विपक्षी दलहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले उपसभामुख हटाउन चालेको कदमको भर्त्सना गर्दै असफल पार्न सम्बन्धित सबैलाई आह्वान गर्ने निर्णय गरेको हो ।

    माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले उपसभामुख राना मगरलाई हटाएर सत्ता गठबन्धनले संवैधानिक परिषद् कब्जा गर्ने नियत राखेको बताउदै प्रतिवाद गर्ने निर्णय गरेको जानकारी दिए । 

    उनले भने- 'आज प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को आयोजनामा भएको संसद्‍मा क्रियाशील प्रतिपक्षी पार्टीहरूको बैठकले सरकारमा रहेका पार्टीहरुले चालेको यस कदमको घोर भर्त्सना गर्दै यसलाई असफल पार्न सम्बन्धित सबैलाई आह्वान गरेको छ । राज्य प्रणाली कब्जा गर्ने प्रयासको विपक्षी दलहरुले प्रतिवाद गर्नेछ ।'

    विपक्षी दलहरुले सत्तारुढ दलका यस्ता कदमहरुले देशलाई गम्भीर नकारात्मक दिशामा धकेलिरहेको छ र संकटग्रस्त बनाउँदै लागेको निष्कर्ष निकालेका छन् ।

    कांग्रेस र एमालेले उपसभामुख राना मगरले पद अनुकुल आचरण नगरेको आरोप लगाउदै महाभियोग लगाएर हटाउने तयारी गरेका छन् ।

     

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार

    ताजा अपडेट